२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी अभावमा पाँच स्वास्थ्य चौकी बन्द



अ+ अ-

 

गोरखा, १५ पुस ।

जिल्लाको दुर्गम क्षेत्रमा रहेका पाँचवटा स्वास्थ्य चौकी कर्मचारी अभावमा बन्द गरिएको छ । जिल्लामा रहेका कुल ५५ वटा उपस्वास्थ्य चौकीमध्ये सिमजुङ, ताक्लुङ, उहियाँ, लाप्राक र केरौंजा उपस्वास्थ्य चौकी बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सिमजुङ स्वास्थ्य चौकीलाई द मनोज नामक संस्थाले एक महिनाअघि १० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री दिएको र आगामी वैशाखमा एम्बुलेन्स पनि दिने घोषणा गरेको थियो ।

जिल्लाको लापु र आरुपोखरी स्वास्थ्य चौकीमा कार्यालय सहायकको भरमा स्वास्थ्य चौकी सञ्चालन भएको छ । स्वास्थ्य चौकी बन्द भएपछि नियमित खोपका कार्यक्रमसमेत प्रभावित भएको जनस्वास्थ्य प्रशासक विश्वराम श्रेष्ठले बताए । स्वास्थ्य सेवा ऐन संशोधन नभएको कारण आयोगले परीक्षा लिन नसकेको र कर्मचारी पूर्ति हुन नसकेको उहाँले बताउनुभयो । जिल्लामा ९२ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको उहाँको भनाइ छ ।

यसैबीच, गोरखा अस्पतालले सधँै निःशुल्क दिने गरेको बहिरङ सेवाको टिकटको शुल्कमा वृद्धि गरी रु ५० बनाएको छ । अस्पतालले दिने अन्य सेवाहरु निजी क्लिनिकले लिने सरह बनाइएको र सरकारले निःशुल्क दिने गरेको औषधि पनि आजदेखि दिन नसकिने अस्पतालका प्रमुख डा केशवराज भुर्तेलले बताए ।