२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी अभावमा पाँच स्वास्थ्य चौकी बन्द



अ+ अ-

 

गोरखा, १५ पुस ।

जिल्लाको दुर्गम क्षेत्रमा रहेका पाँचवटा स्वास्थ्य चौकी कर्मचारी अभावमा बन्द गरिएको छ । जिल्लामा रहेका कुल ५५ वटा उपस्वास्थ्य चौकीमध्ये सिमजुङ, ताक्लुङ, उहियाँ, लाप्राक र केरौंजा उपस्वास्थ्य चौकी बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सिमजुङ स्वास्थ्य चौकीलाई द मनोज नामक संस्थाले एक महिनाअघि १० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री दिएको र आगामी वैशाखमा एम्बुलेन्स पनि दिने घोषणा गरेको थियो ।

जिल्लाको लापु र आरुपोखरी स्वास्थ्य चौकीमा कार्यालय सहायकको भरमा स्वास्थ्य चौकी सञ्चालन भएको छ । स्वास्थ्य चौकी बन्द भएपछि नियमित खोपका कार्यक्रमसमेत प्रभावित भएको जनस्वास्थ्य प्रशासक विश्वराम श्रेष्ठले बताए । स्वास्थ्य सेवा ऐन संशोधन नभएको कारण आयोगले परीक्षा लिन नसकेको र कर्मचारी पूर्ति हुन नसकेको उहाँले बताउनुभयो । जिल्लामा ९२ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको उहाँको भनाइ छ ।

यसैबीच, गोरखा अस्पतालले सधँै निःशुल्क दिने गरेको बहिरङ सेवाको टिकटको शुल्कमा वृद्धि गरी रु ५० बनाएको छ । अस्पतालले दिने अन्य सेवाहरु निजी क्लिनिकले लिने सरह बनाइएको र सरकारले निःशुल्क दिने गरेको औषधि पनि आजदेखि दिन नसकिने अस्पतालका प्रमुख डा केशवराज भुर्तेलले बताए ।




भर्खरै