१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेष्टिबल सफल भएकोमा एनआरएन अष्ट्रेलियाले दियो धन्यवाद



अ+ अ-

मेलबर्न । एनआरएन अष्ट्रेलिया स्टेट काउन्सिल भिक्टोरियाको आयोजनामा भएको नेपाल महोत्सव २०१४ सफलतापूर्वक सम्पन्न भएकोमा एनआरएन अष्ट्रेलियाले धन्यवाद ज्ञापन गरेको छ ।
एनआरएन अष्ट्रेलियाले विज्ञप्ति निकालेर फेष्टिबल सफल बनाउन भूमिका खेलेका सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको हो ।
फेष्टिबलमा ३० हजार भन्दा बढिको सहभागीता भएको उल्लेख गर्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवम् नेपाल फेष्टिबल मेलबर्नका संयोजक ऋषि कडेलले फेष्टिबल अभूतपूर्व रुपमा सफल भएकोमा धन्यवाद दिएका हुन् ।
यही नोभेम्बर एक र दुई तारिखमा अष्ट्रेलियाको मेलवर्नस्थित फेडेरेसन स्वायरमा भव्य रुपमा नेपाल फेष्टिबल सम्पन्न भएको थियो ।
एक तारिखमा नेपालमा पर्यटन र लगानी प्रबर्दनका विषयमा विभिन्न कार्यपत्रमाथि गहन छलफल भएको थियो भने गाला डिनरको पनि आयोजना गरिएको थियो । यस्तै, दुई तारिखमा सांस्कृतिक महोत्सव अन्तर्गत नेपाली सांस्कृतिक परेड देखाइएको थियो । मेलवर्नका सडकमा पञ्चेबाजा देखि लाखेनाच सम्मको प्रदर्शन गरिएको थियो ।
मेला संयोजन समिति र एनआरएन अष्ट्रेलिया भिक्टोरिया स्टेट कमिटीको तर्फबाट कडेलले दिएको धन्यवाद ज्ञापनमा प्रायोजनकहरु, नेपाल र अष्ट्रेलियाबाट सहभागी भएका सरकारी अधिकारीहरु, कलाकार, स्वयंसेवकहरु, विभिन्न समूदायका संघ संस्था, क्लबहरु, विभिन्न राज्यबाट मेलबर्न पुगेका अतिथिका साथै मिडियाकर्मी र सहभागी सबैलाई पनि धन्यवाद दिइएको उल्लेख छ ।
सबैको एकताबद्ध सहभागिताले नै मेला सफल बन्न सकेको र आगामी दिनमा पनि यस्तै एकता कायम हुने विश्वास समेत एनआरएन अष्ट्रेलियाले लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।