९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाका नौ सामुदायिक विद्यालय गाभिए, एकको तह घट्यो



अ+ अ-

वालिङ, ९ भदौ । चालु शैक्षिकसत्रको हालसम्म स्याङ्जाका नौवटा सामुदायिक विद्यालय गाभिएका छन् भने एक विद्यालयको तह घटाइएको छ ।

निमित्त जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाका अनुसार जनता प्राथमिक विद्यालय आरुचौर, चिलाउनेडाँडा प्रावि चिन्नेबास, बोगटीडाँडा प्रावि वालिङ, प्रजातान्त्रिक प्रावि फापरथुम, कालिका भैरब प्रावि पुतलीबजार ४, बाराही प्रावि ठूलाडिही, चन्द्रज्योति प्रावि ठूलाडिही, शिवशक्ति प्रावि मालुङ्गा र विपी स्मृति प्रावि पकवादी गाभिएका हुन् ।

त्यस्तैगरी कक्षा १ देखि ५ सम्म अध्यापन हुने गरेको विद्याज्योति प्रावि पौवेगौडेको तह घटाएर एक–तीनमा झारिएको छ । विद्यार्थी सङ्ख्या न्यून हुनु, भौगोलिक विकटताजस्ता कारणले विद्यालय गाभिएका जिल्ला शिक्षा कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जामा हाल सामुदायिकतर्फ तीन सय ३५ प्रावि, निमावि ५५, माध्यमिक विद्यालय ५२ गरी पाँच सय १८ वटा सामुदायिक विद्यालय रहेका छन् ।

त्यस्तैगरी संस्थागततर्फ प्रावि ३०, निमावि १५ र मावि ३२ वटा रहेका छन् भने सामुदायिकतर्फ उच्च मावि ७६ र संस्थागततर्फ १० वटा रहेका छन् । त्यसैगरी स्याङ्जामा गुरुकूल ६ र मदरसा नौ, खुल्ला विद्यालय एक, प्राविधिक शिक्षा विशेष विद्यालय एक, प्राविधिक तथा व्यावसायिक धार सञ्चालन दुई, प्राविधिक शिक्षालय एक, विशेष शिक्षा सञ्चालन कक्षा ७ रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

स्याङ्जामा गत शैक्षिक वर्षमा २० वटा सामुदायिक विद्यालय गाभिएको थियो ।रासस