• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   तराईमा आजदेखि पाँच दिनसम्म तातो हावा चल्ने, काठमाडौैं पनि तात्यो ★   तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका १५० आयोजना सोकेसमा ★   इलाम २ को मतगणना आज बिहानबाट थालिने ★   आईपीएलः शीर्ष स्थानको राजस्थान रोयल्सको आठौं जित, लखनउलाई ७ विकेटले हरायो ★   नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत ★   दिल्लीले मुम्बईलाई १० रनले हरायो ★   विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ–रोहित ★   कमजोर कुटनीति-क्षमता नभएका व्यक्ति हावी: परराष्ट्रविद् आचार्य ★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो

दुईजनामा एचवानएनवान एन्फ्लुएन्जाको संक्रमण देखिएपछि रामेछापबासीमा त्रास



रामेछाप, भदौ १९ । एचवानएनवान एन्फ्लुएन्जाको संक्रमण देखिएपछि रामेछापका नागरिकमा त्रास बढेको छ ।

ज्वरोका बिरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको एकहप्ते अनुसन्धानपछि एन्फ्लुएन्जाको संक्रमण भएकोे पुष्टि भएको छ । जिल्ला अस्पतालमा लामो समयसम्म भर्ना भएका बिरामीलाई निको नभएपछि रगत परीक्षणका लागि भर्ना भएका ८ बिरामीको रगत टेकु अस्पताल पठाइएकामा दुई जनामा पोजेटिभ देखा परेको छ ।

अस्पतालमा आउने बिरामीमा कडा ज्वरो देखिएपछि एक सातादेखि विश्व स्वास्थ्य संगठनका चिकित्सक डा सुवास पाठक र डा सुवास न्यौपानेले जिल्ला अस्पतालसहित मन्थलीको तामाकोसी सहकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पताललगायत अस्पतालमा भर्ना भएका बिरामीको अनुसन्धान सुरु गरेका थिए ।

यसअघि स्वाइनफ्लु भएको आशंका गरिएको थियो तर एन्फ्लुएन्जा भएकाले सर्वसाधारणलाई नआत्तिन चिकित्सकले अनुरोध गरेका छन् । चिकित्सकले अहिलेको ज्वरोबाट आत्तिनु नपर्ने तर सतर्क रहनुपर्ने बताएका छन् ।

जिल्लामा कडा ज्वरोका बिरामी देखापरेपछि जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालका चिकित्सक, विश्व स्वास्थ्य संगठनका चिकित्सक र अस्पताल सञ्चालक समितिका पदाधिकारीसहितका टोलीलाई परिचालन गरेको छ ।

चिकित्सकका अनुसार एन्फ्लुएन्जा प्रारम्भिक चरणमा नै रहेकाले नियन्त्रण नजिकै पुगेको छ । रोगको पहिचान भएपछि काठमाडौँबाट जिल्लामा थप औषधि प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिरामीका बारेमा थप अनुसन्धान भइरहेको विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. न्यौपानेले बताए । रासस