२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैबुङमा भालु र बँदेलको आतंक, गाउँलेहरु भागाभाग



अ+ अ-
फाइल फोटो

मेलम्ची, भदौ २१ । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी गाविस हैबुङमा जंगली जनावर भालु र बँदेलले दुःख दिन थालेपछि स्थानीय आतंकित भएका छन् ।

भालु र बँदेललगायतका जंगली जनावरले खेतबारीमा लगाएको बाली सखाप पार्ने र मान्छेलाई समेत आक्रमण गर्ने हँुदा स्थानीय त्रसित भएका हुन् ।

भालुको आक्रमणबाट हैबुङ गाविस–९ मा यो साता एक व्यक्ति घाइतेसमेत भएको स्थानीय टंकबहादुर थिङले बताए । भालु, बँदेलले मकैबाली सखाप पार्दा किसान चिन्तित भएका छन् ।

थिङका अनुसार हरेक दिन जंगली जनावर मकै बालीमा पस्दा किसानलाई साह्रै समस्यामा पारेको छ । भालु र बँदेलले गाउँका किसानले लगाएको बाली नोक्सान गर्दा हैबुङ गाविस–८ स्थित बोक्राङवासीलाई तीन महिनासम्म खान नपुग्ने अवस्था आएको उनले बताए ।

जंगली जनावरले आक्रमण गर्ने हुँदा अहिले बसोबास गरिरहेका टहरा असुरक्षित रहेको स्थानीय बताउँछन् । भालुले मान्छेलाई आक्रमण गर्न थालेकाले ज्यान जोगाउन मुस्किल भएको टंकबहादुरले बताए ।

मकैबारीमा जंगली जनावर पस्ने भएकाले हैबुङवासी हिजोआज रातभर जाग्राम बस्नुपरेको छ । गाउँमा जंगली जनावर आएपछि भागदौड चल्ने गरेको छ ।

जंगीली जनावरलाई मार्न नपाइने कानुन हुँदा गाउँवासी समस्यामा परेका छन् । त्यत्तिकै छोड्दा ज्यान जोगाउन मुस्किल पर्ने र मार्दा कानुन लाग्ने भएकाले समस्या भएको हैबुङवासीको गुनासो रहेको छ ।

गाउँमा भएको समस्या समाधानका लागि राज्यले चासो देखाउनुपर्ने उनीहरुको भनाइ छ । रासस