• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

चिनीमा कोटा निर्धारण गर्दा कृत्रिम मूल्य बृद्धि



सरकारले स्वदेशी उद्योगलाई प्रवद्र्धन र संरक्षण गर्न भन्दै चिनी आयतमा कोटा लगाएको छ । जसका कारण चाडपर्वको समयमा चिनीको मूल्य बढ्न सक्ने आशंका छ । एकातिर व्यापारीले चिनी आयात गरी मौज्दात राख्दा र स्वदेशी उद्योगले एकाधिकार जमाउन खोजेकाले उपभोक्ता महंगोमा चिनी किन्न बाध्य छन् ।

सरकारले चिनीमा वार्षिक एकलाख टन मात्रै आयात गर्न पाउने गरि कोटा निर्धारण गरिदिएको छ । नेपालका चिनी उद्योगहरुले आयातित चिनिसँग प्रतिस्पर्दा गर्न नसकेको भन्दै आयात रोक्न दवाव दिएपछि सरकारले कोटा निर्धारण गरिदिएको हो । जसले गर्दा कृत्रिम मुल्य बृद्धि हुदा उपभोक्तहरु महंगोमा चिनी किन्न बाध्य छन् । नेपालमा चिनीको वार्षिक माग २ लाख ३० हजार टन छ । भारतीय बजारबाट आयातित चिनी नेपालमा बढिमा ६५ रुपैयाँ प्रति केजिमा विक्री हुने गरेको थियो ।

नेपाली चिनीको खुद्रा मुल्य ७० रुपैयाँ प्रति केजि पर्न जान्छ । त्यसैले नेपाली चिनी विक्री हुन छाडेपछि उद्योगीको दवावमा सरकारले आयातमा कोटा निर्धारण गरेको हो । तोकिएको कोटा भन्दा बढी आयात नहुने भएपछि व्यापारीहरुले चिनीको मुल्य बढाएर विक्री गरिरहेका छन् । सरकारले चिनीको कृत्रिम मुल्यबृद्धि भएमा कोटा हटाइदिने दावी गरेको छ तर बजारमा चिनीको मूल्य बढेको थाहा पाउन सकेको छैन् ।

यता बजारमा खुद्रा व्यपारीहरुले सरकारले चाडवाडको बेलामा कोटा निर्धारण गरिदिएपछि ठुला तथा होलसेल व्यापारीहरुले भाउ बढाइसकेको बताएका छन् । व्यापारीहरुले सरकारले कोटा बढाउँदा बढेको चिनीको मुल्यको दोष आफुहरुमाथि परेको दुखेसो समेत पोखेका छन ।

नेपालमै उत्पादीत चिनी विक्री गर्ने बाहनामा सरकारले उद्योगी संग मिलेर कोटा निर्धारण गरिदिदा बजारमा चिनीको कृत्रिम मूल्य बृद्धि भएको हो । उपभोक्ता अधिकारकर्मीहरुले भने सरकार र उद्योगी व्यवसायीको मिलेमतोमा कोटा निर्धारण गरिएको बताउँछन् ।

यस अघि सरकारले स्वदेशी चिनीले आयातीत चिनीसंग प्रतिस्प्रध गर्न नसकेको बताउँदै भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु¥याएको थियो । स्वदेशी चिनी उद्योगलाई प्रतिस्प्रधि बनाउने वातावरण सिर्जना गर्नुको सट्टा मागलाई धान्नै नसकने गरि कोटा निर्धारण गर्दा कृत्रिम मूल्य बृद्धि भएको छ ।