१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस काठमाडौँ क्षेत्र नं १ को सभापतिमा राणा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ को सभापतिमा रवीन्द्रविक्रम राणा विजयी हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनले राणालाई सर्वसम्मत सभापति निर्वाचित गराएको हो । 

सभापतिबाहेक अन्य पदमा निर्वाचन भएको कांग्रेस काठमाडौँ क्षेत्र नं १ का नेता सुरजचन्द्र लामिछानेले राससलाई  जानकारी दिनुभयो । निर्वाचनबाट सचिवमा रिकेश महर्जन र उमेश तिमल्सेना, सहसचिवमा प्रमोद पौडेल र सुदिपमान डङ्गोल विजयी हुनुभएको छ । 

महाधिवेशन प्रतिनिधि खुलातर्फ सुरजचन्द्र लामिछाने, दीपेन्द्र श्रेष्ठ, प्रवल थापा, कुश ढकाल, लीलेन्द्रप्रसाद प्रधान, राजेन्द्र गुरुङ, मोहनकुमार राई, हीरालाल तण्डुकार, डा सुरज काफ्ले र आदर्शविक्रम कार्की निर्वाचित हुनुभएको छ ।
 
महिला खुलातर्फ इन्दु थापा, कल्याणी रिजाल, शान्ता ढकाल र रेणु भट्टराई, खस आर्य महिलातर्फ अम्बिका सुवेदी र भगवती खड्का, जनजातितर्र्फ शम्भु तामाङ, अर्जुन राना र रवि सिंह, दलितमा कुवेर रम्तेल, अल्पसङ्ख्यकमा कुल सुनुवार र मधेसी महिला सम्झना उप्रेती रैनियार विजयी हुनुभएको छ । रासस