१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गा–खानीखोला खण्डमा अस्थायी चौकी



अ+ अ-

काठमाडौँ, १९ असोज (रासस) ः नागढुङ्गा–खानीखोलामा सडक खण्डमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
चाडबाड नजिकिएसँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङ र काठमाडौँको नाका सिक्रेखोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चाडबाडको समयमा घण्टौँ जामका कारण आफ्नो गन्तव्यस्थलसम्म पुग्न कठिनाइ हुने भन्दै जाम न्यूनीकरण गर्न, शान्ति सुरक्षाको प्रबन्ध गर्न साधन स्रोतसहित प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

“नागढुङ्गा–खानीखोला सडक खण्डका विभिन्न स्थानमा सडक खाल्डाखुल्डी भएको र ठूला मालवाहक सवारी साधन बिग्रिएर घण्टौँ जाम हुँदा समस्या परेकाले प्रहरी महानिरीक्षकको निर्देशनमा जनशक्ति खटाएका हौँ”, उहाँले भन्नुभयो ।
सोही स्थानमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २३ जनशक्ति परिचालन गरिएको छ ।