९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक स्वास्थ्य सेवाको पहुँच १५ प्रतिशत जनतामा



अ+ अ-

काठमाडौँ, २३ असोज ः नसर्ने रोगमध्ये मानसिक रोगको हिस्सा १८ प्रतिशत रहेको छ । मानसिक स्वास्थ्य सेवाको पहुँच केवल १५ प्रतिशत जनतासम्म पुगेको छ ।

पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति ४० प्रतिशत छ । तीमध्ये कति जना मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् भन्ने यकिन तथ्याङ्क कुनै निकायसँग छैन ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा करीब २२ लाख ती समूहका व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको प्रक्षेपण गरेको छ । सङ्गठनका अनुसार चारमध्ये एक युवा र पाँचमध्ये एक बालबालिका कुनै न कुनै मानसिक स्वास्थ्य समस्यबाट पीडित रहेका छन् । अर्काेतर्फ मानसिक स्वास्थ्यको प्रत्यक्ष असर उदासिन (डिप्रेशन)ले पारेका छ । यही कारण १५ देखि २९ वर्ष समूहका व्यक्ति आत्महत्यासम्म गर्ने गर्दछन् । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३४६ व्यक्ति आत्महत्या गरेको थियो ।

‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ भन्ने मूल नाराकासाथ २६ औँ मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो । स्वास्थ्य सेवा विभागद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले हरेक प्रदेशमा मानसिक अस्पताल स्थापना गर्न र सबै वडामा स्वास्थ्य सेवा पु¥याउने गृहकार्य सरकारले गरिरहेको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सल्लाहकार डा कृष्णकुमार राईले मानसिक स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त अधिकारलाई कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग मानसिक स्वास्थ्य शाखाका डा वासुदेव कार्कीले मानसिक स्वास्थ्यको पहुँच केवल १५ प्रतिशत जनतासम्म पुगेको बताउनुभयो । मानसिक स्वास्थ्य विशेषज्ञ डा अरुणराज कुँवरले मानसिक स्वास्थ्यमा लगानी बढाउन आग्रह गर्नुभयो ।

सो अवसरमा मानसिक स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत प्रा डा देशराज कुँवर, डा देवरत्न जोशी, भगवी भट्टराई, यमुना कटुवाल, दिवाकर गौतम तथा सञ्चारकर्मी रामप्रसाद न्यौपाने, सरोज ढुङ्गेल तथा हाम्रो डक्टर डट कमलाई सम्मान गरेको छ ।