२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदुषणका कारण बर्षेनी छ लाखको मृत्यु



अ+ अ-

जेनेभा, १२ कात्तिक: हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ ।

संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ ।

प्रदुषणका कारण बार्षिक छ लाख बालबालिकाको मृत्यु हुने यो तथ्याङ्क सन् २०१६ को भएको समाचारमा जनाइएको छ ।

“यो अक्षम्य छ, सबै बालबालिकाले स्वस्छ स्वासप्रश्वास गर्न पाउनु पर्दछ । त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,” डब्लुएचओले भनेको छ ।

तथ्याङ्क अनुसार प्रत्येक दश जना मध्ये नौ जनाले प्रदुषित स्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक बर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुनेगरेको छ ।

वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । प्रत्येक दश जना मध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ ।

वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।
–––