९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदुषणका कारण बर्षेनी छ लाखको मृत्यु



अ+ अ-

जेनेभा, १२ कात्तिक: हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ ।

संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ ।

प्रदुषणका कारण बार्षिक छ लाख बालबालिकाको मृत्यु हुने यो तथ्याङ्क सन् २०१६ को भएको समाचारमा जनाइएको छ ।

“यो अक्षम्य छ, सबै बालबालिकाले स्वस्छ स्वासप्रश्वास गर्न पाउनु पर्दछ । त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,” डब्लुएचओले भनेको छ ।

तथ्याङ्क अनुसार प्रत्येक दश जना मध्ये नौ जनाले प्रदुषित स्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक बर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुनेगरेको छ ।

वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । प्रत्येक दश जना मध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ ।

वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।
–––