१० भाद्र २०८३, बुधबार
,
Latest
राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवले खुलामञ्चमा आमसभा गर्ने



अ+ अ-

१९ कात्तिक, काठमाडौं । आउँदो मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले काठमाडौंमा जनसभा गर्दैछ । उक्त जनसभामा विप्लवले सम्बोधन गर्ने बताइएको छ । अर्थात, केही समयदेखि भूमिगत रहेका विप्लव सोही दिन सार्वजनिक हुँदैछन् ।

त्योभन्दा अगावै विप्लव समूहसँग औपचारिक वार्ता गरी उनीहरुका माग सम्वोधन गर्ने प्रयत्न सरकारले थालेको छ । यसका लागि सोमप्रसाद पाण्डे नेतृत्वको राजनीतिक वार्ता समितिले पहल गरिरहेको छ । तर, विप्लवले सरकारी वार्ता समितिको अधिकार क्षेत्र कहाँसम्म हो भन्नेखालका शंका व्यक्त गरेका छन् ।

‘सम्बन्धित व्यक्तिसँगै कुरा भइरहेको छ । तर, यो वार्ता समितिको अधिकारक्षेत्र कहाँसम्म हो भन्नेखालका जिज्ञासा उहाँहरुले राख्नुभएको छ’, पाण्डेले अनलाइनखबरसँग भने, ‘कुरा सकारात्मक छ ।’

आफूहरुसँग अनौपचारिक कुराकानी भएपछि विप्लव समुहमा आवद्ध नेताहरुका अभिव्यक्ति सकारात्मक रहेको र अब सकारात्मक वार्ता हुने सरकारको अपेक्षा रहेको उनले बताए ।

यसअघि विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पटक–पटक पक्राउ पर्दै छुटेका छन् । स्वयं विप्लवविद्ध पनि पक्राउपूर्जी जारी भएको छ । अहिले पनि विप्लव, प्रकाण्ड लगायतका नेताहरुविरुद्ध विभिन्न अदालतमा मुद्दा छन् ।

(अनलाइन खबर डटकममा खबर छ)