१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजाताको घरमा काँग्रेसका ७ नेताको ‘लन्च मिटिङ’ देउवाविरुद्धको मोर्चा



अ+ अ-

काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै आएका काँग्रेसका नेताहरु देउवाविरुद्धको मोर्चाबन्दी बलियो बनाउने प्रयासमा लागेका छन् ।

नेविसंघको विधान, महासमिति बैठक, विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित लगायतका निर्णयमा सभापति देउवाले आफुखुसी गरेको भन्दै असन्तुष्ट बनेका देउवाइतरका नेताहरुले सोमबार बैठक नै बसेर देउवाविरुद्धको मोर्चाबन्दी कडा बनाउने निर्णय गरेका हुन् ।

काँग्रेस नेतृ सुजाता कोइरालाको घरमा सोमबार बिहान १० बजेदेखि बसेको उक्त लन्च सहितको बैठक झण्डै २ घण्टा भन्दा बढि चलेको थियो ।

बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला र डा. रामशरण महत सहभागी भएका दिए ।

बैठकमा खासगरी सभापति देउवाले गत साता नेता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेर विधान र प्रक्रिया विपरित गएकोबारेमा सवै नेताहरु एकमत भएकाे एक नेताले जानकारी दिए ।

बैठकमा सहभागि मध्येका नेता अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गर्न थालेकाले त्यसको शसक्त प्रतिरोध गर्न आवाश्यक भएको निश्कर्ष निकालेको रातोपाटीलाई बताए ।
उनले भने, ‘पार्टीका निर्णयहरु संस्थागत हुन सकेनन् । जसले समग्र काँग्रेसको छवि नै विग्रन थालेको तथा विधी र प्रकृया विपरित सभापति देउवा जान थालेकाले सामाुहिक रुपले अगाडी बढ्ने विषयमा  प्रारम्भिक छलफल भयो ।’

नेता केसीका अनुसार सभापतिका पछिल्ला निर्णयहरुले प्रजातान्त्रिक पद्धति समेत तोड्ने काम भएकाले त्यसबारे आगामी दिनमा छलफल गर्दै अघि बढ्न सात नेताहरु समहमत भएका छन् ।

यसअघि गच्छदारलाई उपसभापतिमा मनोनित गर्दा विधि र प्रकृया मिचेर गरेको भन्दै काँग्रेसका युवा नेता गगन थापाले त्यसको सशक्त प्रतिकार गर्ने घोषणा गरेका थिए ।