५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड



अ+ अ-

सुर्खेत, २६ कात्तिक (रासस) ः कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड दिइएको बताउनुभएको छ । सुर्खेत लेकबेसी नगरपालिकाको समृद्धि कृषि सहकारी संस्था लिमिटेडको आज नवनिर्मित कृषक तालीम भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी मन्त्री केसीले सो कुरा बताउनुभएको हो ।

सहकारीबिना आर्थिक विकास र स्वरोजगार असम्भव रहेको औँल्याउँदै मन्त्री केसीले भन्नुभयो, “कृषि क्षेत्रमा नमूना काम गर्ने सहकारी, कृषक तथा कृषि समूह एवं फर्मका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ ।” “किसानहरुले उत्पादन गरेको बीउ न्यूनतम मूल्य दिएर खरीद गर्छौं र उनीहरुलाई एक प्रतिशत पनि निराश हुन दिने छैनौँ,” उहाँले थप्नुभयो, “सरकारी अनुदान किसानमा पुगेन बरु बिचौलियाहरुले खाए ।”

प्रदेशसभा सदस्य सीता नेपालीले तीन खम्बे अर्थनीतिमा सहकारी एक रहेको बताउँदै अबको सहकारी सञ्चालकमा नभई सदस्यमा केन्द्रित हुने ऐन तथा रणनीति तयार गर्न थालिएको जनाउनुभयो ।

पूर्वसांसद ललिता रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण सुर्खेतका वरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकाय, लेकबेसी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले नेपाल कृषि प्रधान देश भए पनि अहिले यो क्षेत्र निराशाजनक अवस्थामा पुगेको चिन्ता प्रकट गर्नुभयो ।

उक्त सहकारी संस्थाका अध्यक्ष देवबहादुर रानाले नौ हेक्टर जमीनको क्षेत्रफलबाट धान, मकै, मसुरो, तोरीलगायत अन्नको बीउ उत्पादन गर्दै अहिले तिनै बीउ २०० हेक्टर क्षेत्रफलको जमीनमा उत्पादन गर्न थालिएको बताउनुभयो ।