१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस दिने खोज्ने ट्रक चालक पक्राउ



अ+ अ-

काठमाडौँ, २८ कात्तिक (रासस) – महानगरीय प्रहरीवृत्त बानेश्वरले प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिन खोज्ने बा२ख ८१२९ नंको मिनिट्रकका चालक जीतबहादुर तामाङलाई आज दिउँसो पक्राउ गरेको हो ।

तामाङले मिनिट्रकको कागजपत्र नभएको भनी प्रहरीलाई रु एक हजार घुस दिन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रवक्ता पूजा सिंहले जानकारी दिनुभयो ।

यसैगरी मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघर चोकमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीलाई घुसदिने ना५ख ७१८१ नंको ट्रक चालक मुरतुजमिया चुरियालाई आज पक्राउ गरेको छ ।

चुरियाले रुट प्रमिट कागजकोभित्र रु २०० प्रहरीलाई दिन खोज्दा पक्राउ गरेको हो । दुवै चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता सिंहले बताउनुभयो ।
–––