२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्का: राजापाक्षविरूद्ध अविश्वासको प्रस्ताव पारित



अ+ अ-

कोलम्बो, कात्तिक ३०ः श्रीलङ्काको संसदले शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै नियुक्त गरेको महिन्दा राजापाक्ष सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ ।

सभामुख कारू जयसुरियाले संसद परिसरमा व्यापक प्रहरीको उपस्थितिमा मतदानको घोषणा गर्नुभएकोे बताइएको छ ।

सरकारका विरुद्ध भएको मतदानका लागि शुक्रबार श्रीलङ्काको इतिहासमा सयौँ प्रहरीको सुरक्षाघेरामा सभामुख पहिलो पटक संसदको सभाकक्षमा पुग्नुभएको थियो ।

त्यहाँ पुग्दा संसद बैठक १ः३० मा शुरू हुने बताइएको भएपनि ३० मिनेट ढिलो शुरू भएको थियो । सभामुख संसदको सभाहलमा पुग्दा सांसदहरूको एक समूहले उहाँको कार्यकक्षमा घेराउ गरी नाराबाजी गरेका थिए ।

उनीहरूले अघिल्लो दिन संसदमा चक्कूसहित आएका यूनाइटेड नेशनल पार्टीका सांसदलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन आवाज बुलन्द गरेका थिए ।

संसदमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सभामुख जयसुरिया आफ्नो कार्यकक्षमा पुगी सरकारविरूद्ध अविस्वासको प्रस्ताव आह्वान गरी मतदानका लागि सांसदहरूलाई निर्देशन दिनुभएको थियो ।

सभामुखले शुरूमा मत ‘नामका आधारमा’ गर्ने घोषणा गर्नुभयो । तर संसदमा भएको अस्तव्यस्तता र उग्र गतिविधिलाई मध्यनजर गरी उहाँले मतदान ‘ध्वनी मत’का आधारमा सम्पन्न हुने घोषणा गर्नुभएको थियो ।

त्यसपछि जयसुरियाले राजापाक्ष सरकारविरूद्धको अविस्वासको प्रस्ताव पारित भएको घोषणा गनुभयो । उहाँले संसदको आगामी बैठक सोमबारका लागि बोलाउनुभएको छ ।

मतदानपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उहाँको आधिकारिक ट्वीटर पेजमार्फत एक विज्ञप्ति जारी गर्दै सबै सांसदलाई प्रजातन्त्रको मूल्यमान्यता र परम्परालाई सधै पालना गर्न आग्रह गर्नुभएको थियो । उहाँले कुनै अवस्थामा पनि संसदको आगामी बैठक नसार्ने बताउनुभएको थियो ।

सरकारका प्रवक्ता केहेलिया रामबुकवेलाले संसदमा भएको मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, ‘गैरकानूनी’ तवरमा संसदले सरकारका विरूद्ध गरेको मतदानलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताउनुभयो ।

राष्ट्रपतिद्वारा पदबाट हटाइएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै शुक्रबार विधायकहरूद्वारा गरेको घटनाको निन्दा गर्दै सरकार पराजीत भएको बताउनुभयो ।