२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा त्रिपिटक वाचन सम्पन्न



अ+ अ-

रुपन्देही, ३० कात्तिक – लुम्बिनीमा पर्यटन प्रवद्र्धन र बुद्ध दर्शनको प्रचार गर्ने उद्देश्यले बुद्धको जन्मभूमि लुम्बिनीमा पहिलोपटक आयोजना गरिएको ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज सम्पन्न भयो ।

लुम्बिनी विकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा सञ्चालित तीन दिने कार्यक्रममा १८ देशका एक हजार भिक्षु भिक्षुणी, उपासक उपासिकाले सामूहिक बुद्ध दर्शनकोमूल ग्रन्थ त्रिपिटक वाचन गरेका थिए । कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय, सूत्र र अभिधम्म पिटकको वाचन गरिएको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष मैत्री भिक्षुले जानकारी दिनुभयो । त्रिपिटक भगवान् बुद्धको उपदेश सङ्गृहीत बौद्ध धर्मको पुरानो ग्रन्थ भएको जानकारी दिँदै उहाँले यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचन सङ्ग्रह गरिएको बताउनुभयो ।

त्रिपिटक वाचन कार्यक्रममा नेपाल, भारत, चीन, अमेरिका, थाइल्याण्ड म्यान्मा, श्रीलङ्का, लाओस, कम्बोडिया, कोरिया, जापानलगायत देशका भिक्षु सहभागी थए । स्थानीय आयोजक समितिका सचिव चेतन पन्तले त्रिपिटक वाचन कार्यक्रमले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको अन्तिम दिन आज साँझ मायादेवी परिसरमा दीपप्रज्वलनसहित शान्ति पदयात्रा गरिएको थियो ।




भर्खरै