२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले अपेक्षाअनुसार काम गर्छ – अध्यक्ष प्रचण्ड



अ+ अ-

जिरी, १ मङ्सिर (रासस) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ ।

आजदेखि शुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा आउनुभएका अध्यक्ष दाहालले सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा सरकारले राजनीतिक रुपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
पार्टी एकताको प्रसङ्गमा उहाँले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने बताउनुभयो । नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको उहाँले प्रष्ट पार्नुभयो । पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिनेसमेत नेता दाहालले बताउनुभयो ।