२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि



अ+ अ-

काठमाडाैं, ३ मंसिरः  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले  ‘सेक्युरिटी चिप्स’ सहितको राष्ट्रिय परिचयपत्र वितरणको थालनी आजदेखि गर्न लागिएको जनाएको छ।

बहुउपयोगी भनिएको राष्ट्रिय परिचयपत्र प्रयोगमा आएसँगै नागरिकता, मतदाता परिचय लगायत नागरिकको परिचय खुलाउने कैयौँ परिचयपत्र बोक्नुपर्ने झन्झटको पनि अन्त्य हुने अधिकारीहरूको विश्वास छ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र व्यक्तिगत विवरण हुने अधिकारीहरूले बताएका छन्।

साइबर सुरक्षासम्बन्धी जानकारहरूले नागरिकका महत्त्वपूर्ण व्यक्तिगत विवरण सुरक्षित राख्नेबारे सरकार विशेष चनाखो हुनुपर्ने बताएका छन्।

त्यसबाहेक प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्रमा भएका व्यक्तिगत विवरण जोकोहीलाई दिन नहुने विज्ञहरूको सुझाव छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सिंहदरबारमा कार्यरत कर्मचारीहरूका र पाँचथरका मानिसहरूका गरी करिब ५२ हजार जनाको व्यक्तिगत विवरणहरू सङ्कलन गरिसकिएको जनाएको छ।

विभागका महानिर्देशक दीपक काफ्लेले गृहमन्त्री रामबहादुर थापाले याे कार्यक्रमकाे सुरूअात गर्नुहुने बताउनुभयाे ।