१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलमा विस्फोट, कम्तीमा ४० को मृत्यु



अ+ अ-

काबुल, ४ मंसिर । अफगानिस्तानको राजधानी काबुलस्थित एउटा हलमा विस्फोट हुँदा कम्तीमा ४० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले बताएको छ। अन्य ६० जना घाइते भएका छन्।

पीडी फिफ्टिन ड्रिस्ट्रिकस्थित युरेनस हलमा पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउन मुसलमान धर्मगुरूहरू भेला बेला सो विस्फोट भएको हो।

प्रारम्भिक विवरणहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले सो विस्फोट गराएकोतर्फ संकेत गरेको एकजना सरकारी प्रवक्ताले बताए।

विस्फोट भएका बेला उक्त हलमा कम्तीमा एक हजार मानिसहरू भएको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै तोलो समाचार संस्थाले बताएको छ।

अहिलेसम्म कुनै समूहले हमलाको जिम्मा लिएका छैनन्।

अफगानिस्तानमा तालिबान र इस्लामिक स्टेट लडाकु समूहले नियमितजसो बम हमलाहरू गर्दै आएका छन्।