२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरा बस दुर्घटना – मृतकको संख्या १८ पुग्यो



अ+ अ-

डडेल्धुराको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २७ जना घाइते भएका छन्।

उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा. केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार बेलुका करिब ५:४० बजे दुर्घटनामा परेको थियो।

दुर्घटनामा १३ पुरूष र ५ जना महिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले जानकारी दिए।

डोटीको शिखर नगरपालिकाको बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको से १ क २९३ नम्बरको बस रडुवा खोलामा सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डम्बर बहादुर केसीले सेतोपाटीलाई जानकारी दिए।

हाल उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १३ जनाको उपचार भइरहेको छ भने १४ जनालाई धनगढी रेफर गरिएको छ। दुई जना उपचार पछि घर फर्किएका छन्।

गम्भीर घाइतेको संख्या बढी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। उद्दार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सहयोग रहेको थियो।