२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा विशेषज्ञ चिकित्सा स्वास्थ्य शिविर सम्पन्न



अ+ अ-

न्युजपोलार समाचारदाता
ललितपुर, ९ मंसिर । किष्ट शिक्षण अस्पताल इमाडोलद्वारा शनिबार ललितपुर महानगरपालिका वार्ड नं ११ मा अवस्थित बंगलामुखी मन्दिर परिसरमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरियो ।
सो स्वास्थ्य शिविरमा ललितपुर महानगरपालिका अन्तर्गतका करिब ३१९ जना विरामीले स्वास्थ्ये सेवा लिएका थिए । त्यस स्वास्थ्य शिविरमा विशेषगरी मुटुरोग, महिला तथा बालबालिकाको स्वास्थ्यका साथै नाक कान घाँटीसम्बन्धी विशेषज्ञता सेवा पनि प्रदान गरिएको उक्त स्वास्थ्य शिविरका संयोजक डा.सुजिता हिराचनले जानकारी दिनुभयो ।

 


सो स्वास्थ्य शिविरपछि त्यस विषयमा जानकारी दिँदै डा हिराचनले उच्च रक्तचाप भएका नागरिकले समयमै आवश्यक अन्य स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– समय समयमा स्वास्थ्य जाँच गराउने र उच्च रक्तचापको समस्या देखियो भने त्यसबाट नागरिकमा आँखामा समस्या देखिनुका साथै मिर्गौला रोगको पनि समस्या हुने भएकोले समय समयमा स्वास्थ्य जाँच गराउनुपर्छ ।
उक्त स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा उपलब्ध गराउनुहुने वरिष्ठ चिकित्सकहरुमा डा.सुजिता हिराचनका अतिरिक्त प्रा.डा.लक्ष्मणप्रसाद टिवरेवाला, डा.अभिशेख थापा, डा.सन्तोष गौतम, डा.सुभास सिंह, डा.मिनाक्षी ठाकुर र डा.सुभास खड्का पनि हुनुहुन्थ्यो ।