१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्कोद्वारा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित



अ+ अ-

युक्रेन, १० मंसिर (बिबिसी)ः क्राइमिया प्राय:द्वीप नजिकैको समुद्रमा रुसले हमला गरेर तीनवटा युक्रेनी नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीच तनाव निकै चर्किएको छ।

दुईवटा गनबोट र एउटा टगबोटलाई रुसी फौजले कब्जामा लियो।

केही युक्रेनी जहाज चालक दलका सदस्य घाइते भएका छन्।

के भएको थियो?

दुवै देशले एक अर्कालाई दोष लगाएका छन्।

रुसले युक्रेनी पानीजहाजहरूलाई आफ्नो जलक्षेत्रमा अवैध तरिकाले पसेको आरोप लगाएपछि यो सङ्कट सुरु भएको हो।

रुसले कर्च स्ट्रेट भनिने ब्ल्याक सी (कृष्णसागर) लाई सी अफ अजोभ (अजोभसागर) सँग जोड्ने साँघुरो जलमार्गमा रहेको पुलमुनि ट्याङ्कर राखिदियो।

सी अफ अजोभ दुवै देशको साझा हो। ब्ल्याक सीबाट त्यहाँ आउनजान कर्च स्ट्रेटको मार्ग प्रयोग गर्नुपर्छ।

अब युक्रेनले के गर्छ?

पुलमुनि राखिएको ट्याङ्करले सी अफ अजोभतर्फको आवागमन रोकिरहेको छ।

 

युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले उक्त घटनालाई रुसको उद्दण्ड कार्य भनेका छन्।

उनले संसद्लाई सैनिक कानुन लगाउन आग्रह गर्ने बताएका छन्।

रुसले आफ्ना देशका नौसैनिक जहाज कब्जामा लिएको समाचार आएपछि युक्रनको राजधानीस्थित रुसी राजदूतावासबाहिर झन्डै १५० युक्रेनीहरूले विरोधप्रदर्शन गरेका छन्।

रुसले चाहिँ युक्रेनी जहाजले उसको जलक्षेत्रमा अतिक्रमण गरेर कियभले आफूलाई उक्साएको आरोप लगाएको छ।

युरोपेली युनियनले रुसलाई कर्च स्ट्रेटमा आवागमनको स्वतन्त्रतालाई कायम राख्न आह्वान गरेको छ।

ईयूले सबै पक्षलाई तत्काल तनाव शान्त पार्न पनि भनेको छ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोले पनि सम्यमित रहन अपिल गर्दै सी अफ अजोभमा रहेका युक्रेनी बन्दरगाहहरूमा निर्वाध आवागमनमा पहुँच निश्चित गर्न रुसलाई आग्रह गरेको छ।

युक्रेनले मस्कोविरुद्ध अन्तर्राष्ट्रिय कारबाहीको माग गर्दै राष्ट्रसङ्घ सुरक्षा परिषद्को आकस्मिक बैठक डाक्न भनेको छ।

विश्लेषण

मस्कोस्थित बीबीसी सम्वाददाता स्टिभ रोजेन्बर्ग भन्छन् – रुस र युक्रेनबीचको तनाव महिनौँयता चर्कँदै गइरहेको थियो।

सन् २००३ मा भएको मस्को र कियभबीचको सन्धिले कर्च स्ट्रेट तथा सी अफ अजोभलाई साझा सागरको रूपमा परिभाषित गरेको छ।

तर पछिल्ला समयमा रुसले युक्रेनबाट आएका वा युक्रेन जान लागेका जहाजहरूमा खानतलासी गर्न थाल्यो।

बल प्रयोग गरेर जहाज कब्जामा लिनाले तनाव निकै बढेको छ।

रोजेन्बर्ग भन्छन् – तर राष्ट्रपति पुटिनको शैली यस्तो छ कि उनी जहिल्यै आफूले सङ्कट सुरु नगरेको बताउने गर्छन्। सन् २००८ मा भएको रुस र जर्जिया युद्ध होस् वा सन् २०१४ को क्राइमिया युद्ध, रुसले दोष चाहिँ अरूकै थाप्लोमा हाल्ने गर्छ।