२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक फेरि स्थगित



अ+ अ-


न्युजपोलार समाचारदाता
काठमाडौं, १० मंसिर । नेकपा सचिवालय बैठक फेरि स्थगित भएको छ । सोमबार बस्ने भनिएको बैठक अन्तिममा आएर स्थगित भएको हो । केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनको गृहकार्य अपुग भएको भन्दै नेकपलाको केन्द्रीय सचिवालय बैठक स्थगित भएको जानकारी सोमबार बिहान गराइएको हो । आइतवार दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्य्बिभाजन टुंगो लगाउने भनिएको थियो ।
नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य बिभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ । तर ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य बिभाजनको लागि गृहकार्य अपुग भएपछि सचिवालय बैठक एक दिन सरेको हो ।सचिवालय स्रोतका अनुसार बहुसंख्यक केन्द्रीय सदस्यहरुलाई भूगोलको काममा खटाइने भएको छ । पोलिटव्यूरो गठन गरेरमात्र केन्दीय कमिटीको कार्य बिभाजन गर्न केही नेताहरुले भने पनि अध्यक्षद्वय केपी ओली र प्रचण्डले तत्काल पोलिटव्यूरो गठनतिर चासो नदिएको एक नेताले बताए ।
नेकपाको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालिरहेका नेता कृष्णगोपाल श्रेष्ठले अहिले केन्द्रीय सदस्यहरुको कार्य बिभाजन सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठक बस्ने जानकारी आफूले पाएको बताए । उनले पोलिटव्यूरो गठन अहिले नहुने जानकारी दिए ।