२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजाता निवासमा आज पनि लञ्च मिटिङ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गुटगट छलफलले तीव्रता दिएकी छन् ।

केही समय अगाडि शीर्ष नेताहरुको बैठक आफ्नो निवासमा गराएकी कोइरालाले मंगलबार अर्को छलफल गराइन् । लञ्च मिटिङमा बहुसंख्यक युवा नेता थिए ।

अघिल्लो बैठकमा अनुपस्थित कृष्ण सिटौला पनि मंगलबारको छलफलमा सहभागी थिए । अर्जुननरसिंह केसी र रामशरण महतका साथै गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, जीवन परियारलगायतका नेताहरु सहभागी भएका छन् ।

एक सहभागीका अनुसार कोइरालाले सुरुमा नै आफूले कुनै पदीय लोभका लागि छलफल नराखेको स्पष्टीकरण दिएकी थिइन् । पार्टीको औपचारिक बैठकसँगै अनौपचारिक सम्वादलाई तीव्रता दिनु पर्नेमा उनले जोड दिएकी छन् ।

नेताहरुले विधान र राजनीतिक प्रतिवेदनबारे छलफल गरेर साझा धारणा बनाउनु पर्ने बताएका छन् । ‘महासमिति बैठक त हुन्छ तर, बैठकबाट पार्टीले कुन बाटो तय गर्छ भन्ने मुख्य हो भन्नेमा सबैको जोड थियो’ एक सहभागीले बताएको अनलाइनखबरमा समाचार छ ।