२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजाता निवासमा आज पनि लञ्च मिटिङ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गुटगट छलफलले तीव्रता दिएकी छन् ।

केही समय अगाडि शीर्ष नेताहरुको बैठक आफ्नो निवासमा गराएकी कोइरालाले मंगलबार अर्को छलफल गराइन् । लञ्च मिटिङमा बहुसंख्यक युवा नेता थिए ।

अघिल्लो बैठकमा अनुपस्थित कृष्ण सिटौला पनि मंगलबारको छलफलमा सहभागी थिए । अर्जुननरसिंह केसी र रामशरण महतका साथै गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, जीवन परियारलगायतका नेताहरु सहभागी भएका छन् ।

एक सहभागीका अनुसार कोइरालाले सुरुमा नै आफूले कुनै पदीय लोभका लागि छलफल नराखेको स्पष्टीकरण दिएकी थिइन् । पार्टीको औपचारिक बैठकसँगै अनौपचारिक सम्वादलाई तीव्रता दिनु पर्नेमा उनले जोड दिएकी छन् ।

नेताहरुले विधान र राजनीतिक प्रतिवेदनबारे छलफल गरेर साझा धारणा बनाउनु पर्ने बताएका छन् । ‘महासमिति बैठक त हुन्छ तर, बैठकबाट पार्टीले कुन बाटो तय गर्छ भन्ने मुख्य हो भन्नेमा सबैको जोड थियो’ एक सहभागीले बताएको अनलाइनखबरमा समाचार छ ।