२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा जिप दुर्घटना, दुईको मृत्यु



अ+ अ-

दुल्लु, १२ मङ्सिर (रासस) – सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको हो । उहाँका अनुसार आज बिहान ८ बजे जिप धामीगाउँ नजिक उक्त जिपको ब्रेक फेल भएर दुर्घटना भएको थियो । घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन ।

दुर्घटनामा घाइते छ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उद्धारका लागि ठाटीकाँध प्रहरी चौकीका प्रहरी, गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही एम्बुलेन्ससहित घटनास्थलमा पुगेका थियो ।