२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अाणविक प्रविधिकाे शान्तिपूर्ण उपयाेग जरूरी छ – मन्त्री पाेखरेल



अ+ अ-

काठमाडाैं, १२ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अष्ट्रियाको भियनामा भैरहेको अाणविक विज्ञान तथा प्रविधिसम्बन्धी मन्त्रीस्तरीय बैठकमा बुधबार सम्बाेधन गर्दै अाणविक प्रविधिको शान्तिपूर्ण प्रयोग दिगो विकासकाे लक्ष्य प्राप्तिका लागि सहयोगी हुने विचार व्यक्त गर्नुभयाे ।

मन्त्री पाेखरेलले अन्तरराष्ट्रिय अाणविक उर्जा निकाय (अाइएइए) काे प्राविधिक सहयाेग कार्यक्रमले नेपालजस्ता देशलाई अाणविक प्रविधिको विकासमा सहयोग पुग्ने धारणा राख्नुभएकाे मन्त्रालयले जनाएकाे छ ।

नेपालले सन् २००८ मा अाइएइएकाे सदस्यता लिएको थियो । याे संस्थाले अाणविक हातहतियार, उर्जा विकास जस्ता महत्वपूर्ण क्षेत्रमा नियमन, नियन्त्रण र अनुगमन गर्ने गर्दछ ।

नेपालले अाइएइएकाे प्राविधिक सहायता कार्यक्रम मार्फत स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा थुप्रै परियोजनामा सहयोग लिएको छ।

मन्त्री पाेखरेलले बिहीबार अाइएइएका प्रमुखसँग भेट गर्ने कार्यक्रम रहेकाे छ ।