२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको विकास भारतको हितमा छः भाजपा नेता जोली



अ+ अ-

काठमाडौँ, १४ मङ्सिरः भारतीय जनता पार्टीका नेता विजय जोलीले शान्तिप्रिय मुलुक नेपालको विकास भारतको हितमा रहेको बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा पूर्वविधायक एवं दिल्ली स्टडी ग्रुपका अध्यक्ष जोलीले नेपाली युवालाई रोजगारी दिने, शिक्षा, नयाँ विश्वविद्यालयको स्थापना, स्वास्थ्य क्षेत्रको विकास तथा अस्पतालको स्थापनाजस्ता आधारशिला खडाबाट नै नेपालको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको ऊर्जा विकासबाट भारतलाई पनि लाभ हुने उहाँले बताउनुभयो । उहाँले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको प्रस्ट पार्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चार पटक भ्रमण गरेर नेपालप्रतिको माया स्पष्ट दर्शाएको बताउँदै उहाँले आफूले १८ वर्षदेखि नेपालको घटनाक्रमलाई निकट भई नियाँलिरहेको उल्लेख गर्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आफू नेपाल आएको र यस सम्मेलनबाट नेपालमा पर्यटक आगमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

दक्षिणी दिल्ली महानगरपालिकाका (साउथ दिल्ली म्युनिसिपालिटी करपोरेशन) प्रमुख नरेन्द्रकुमार चावलाले वातावरण, पानी, महिला सशक्तीकरणजस्ता विषयमा दुवै मुलुक एक भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।