१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको विकास भारतको हितमा छः भाजपा नेता जोली



अ+ अ-

काठमाडौँ, १४ मङ्सिरः भारतीय जनता पार्टीका नेता विजय जोलीले शान्तिप्रिय मुलुक नेपालको विकास भारतको हितमा रहेको बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा पूर्वविधायक एवं दिल्ली स्टडी ग्रुपका अध्यक्ष जोलीले नेपाली युवालाई रोजगारी दिने, शिक्षा, नयाँ विश्वविद्यालयको स्थापना, स्वास्थ्य क्षेत्रको विकास तथा अस्पतालको स्थापनाजस्ता आधारशिला खडाबाट नै नेपालको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको ऊर्जा विकासबाट भारतलाई पनि लाभ हुने उहाँले बताउनुभयो । उहाँले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको प्रस्ट पार्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चार पटक भ्रमण गरेर नेपालप्रतिको माया स्पष्ट दर्शाएको बताउँदै उहाँले आफूले १८ वर्षदेखि नेपालको घटनाक्रमलाई निकट भई नियाँलिरहेको उल्लेख गर्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आफू नेपाल आएको र यस सम्मेलनबाट नेपालमा पर्यटक आगमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

दक्षिणी दिल्ली महानगरपालिकाका (साउथ दिल्ली म्युनिसिपालिटी करपोरेशन) प्रमुख नरेन्द्रकुमार चावलाले वातावरण, पानी, महिला सशक्तीकरणजस्ता विषयमा दुवै मुलुक एक भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।