२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभावकारी बन्दै आयुर्वेदको क्षारसूत्र सेवा



अ+ अ-

–दिपक बोहरा
लमही, १५ मंसिरः दाङको मध्यपश्चिम क्षेत्रीय आयुर्वेदिक चकित्सालयमा सञ्चालनमा आएको क्षारसूत्र सेवा प्रभावकारी बन्दै आएको छ । वैशाखदेखि शुरु भएको क्षारसूत्र सेवा लिन दैनिक १०-१२ जना आउने गरेको चिकित्सालय प्रमुख डा रामकामेश्वर ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार दैनिक तीन-चारजनाको सफल शल्यक्रियासमेत हुने गरेको छ । ‘क्षारसूत्र सेवा लिन दैनिक १०-१२ जना सेवाग्राही आउनुहुन्छ’ उहाँले भन्नुभयो, “दैनिक तीन-चारजनाको सफल शल्यक्रिया हुने गरेको छ । अन्य स्वास्थ्य संस्थाभन्दा चिकित्सालयमा सस्तो मूल्यमा क्षारसूत्र सेवा प्रदान गरिँदै आएको डा ठाकुरले बताउनुभयो ।

अन्य निजी स्वास्थ्य संस्थामा क्षारसूत्र सेवा लिन १० हजारभन्दा बढी लाग्ने भए पनि चिकित्सालयमा दुई हजार मात्रै लाग्ने गरेको डा ठाकुरले बताउनुभयो । “निजी मेडिकलमा क्षारसूत्र सेवाका लागि १० हजारभन्दा बढी तिर्नुपर्छ” उहाँले भन्नुभयो, “तर हाम्रोमा दुई हजारमा मात्रै सेवा प्रदान गरिन्छ ।” चिकित्सालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर(गुदद्वारसम्बन्धी रोग), सिस्टलगायतका रोग निदान गर्दै आएको छ ।

क्षारसूत्र सेवा शुरु भएपछि आफू पायल्स, फिस्टुला, फिसर रोगजस्ता सेवा लिन बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यता हटेको सेवाग्राही खेमराज रिजालले बताउनुभयो । ‘‘केही दिनअघि मैले पनि चिकित्सालयबाट क्षारसूत्र सेवा लिएको हुँ’’ उहाँले भन्नुभयो, “विगतमा काठमाडौँं, बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो ।”

नयाँनयाँ सेवा विस्तार भएपछि चिकित्सालयमा बिरामीको सङ्ख्या बढेको छ । कुनै समय सुनसान बन्ने गरेको आयुर्वेद चिकित्सालयमा हिजोआज दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेको प्रमुख डा ठाकुरले बताउनुभयो । ‘कुनै समय अस्पताल सुनसान थियो’ उहाँले भन्नुभयो, “तर सेवा विस्तार भएपछि हिजोआज अस्पतालमा चहलपहल बढेको छ ।”

दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या चिकित्सालय व्यवस्थित हुँदै गएपनि विशेषज्ञ डाक्टरको अभाव भने कायमै छ । पाँचजना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको चिकित्सालयमा अहिले एकजना मात्रै कार्यरत हुनुहुन्छ ।

चिकित्सालयमा कायोचिकित्सक, स्त्रीप्रसूति, जनरल विज्ञ र बालरोग विशेषज्ञको दरबन्दी छ । तर अहिले बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुर मात्रै हुनुहुन्छ । अन्य दरबन्दी भने रिक्त छन् । ‘‘दरबन्दी अनुसार चिकित्सक नहुँदा बिरामीलाई सेवा दिन समस्या भएको छ’’ उहाँले भन्नुभयो, “बिहानदेखि साँझसम्म एक्लै खटिनुपर्छ ।”

त्यस्तै दुईजना चिकित्सकको दरबन्दी रहेकोमा दुईवटै रिक्त छन् । सहायक आयुर्वेदमा दुईजना, ल्याब, अन्तरङमा भने दरबन्दी अनुसारका चिकित्सक रहेको डा ठाकुरले बताउनुभयो ।(रासस)