१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले च्यातेपछि निर्मलाको पोस्टर अब ज्याकेटमा



अ+ अ-

१६ मंसिर, काठमाडौं । निर्मला पन्तको तस्वीर अंकित पोस्टरहरु प्रहरीले च्यात्न थालेकाे छ । प्रहरीले साे पाेषटर च्यातेपिछ अब भने यसका अभियन्ताहरू तथा स्वतन्त्र युवाहरुको समूहले आफूले लगाउने ज्याकेटमा र अाफ्ना ब्यागमा स्टिकर टाँस्न थालेको छ ।

सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर सो समूहले टाँस्ने अभियान सुरू गरेको हो । यसो गर्दा प्रहरीले च्यातेर फाल्न नसक्ने उनीहरुको ठहर छ ।

स्वतन्त्र युवाहरुको समूहले अहिले यही अभियान चलाइरहेको छ र अरुलाई पनि यस्ता पोस्टर लगाएर न्यायको लडाइँमा साथ दिन आह्वान गरेको छ । ‘सबैजनालाई यो पोष्टर आ–आफ्नो सवारीसाधन, ब्याग, ज्याकेट आदिमा लगाएर हिँड्न हामी आह्वान गर्छौं ता कि सरकारलाई दबाव पुगोस्,’ अभियानमा सहभागी एक युवकले भने ।

यो समूहले काठमाडौं उपत्यकासहित, कास्कीलगायतका जिल्लाका सार्वजनिक स्थानमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्वीर अंकित पोस्टर टाँसेको थियो । तर, प्रहरीले पोस्टर च्यात्ने र पोस्टर टाँस्नेहरुलाई पक्रिने गर्दै आएको छ ।

यसअघि यही समूहले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीका लागि भन्दै भीख मागेको थियो । भीख मागेर संकलन भएको रकमले भण्डारीका लागि नमूना गाडी बनाएर दिने तयारी समूहको छ ।

राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्न लागिएको खबर सार्वजनिक भएलगत्तै व्यंग्यात्मक विरोधस्वरुप नमूना गाडी बनाएर दिन लागिएको हो ।