१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस काठमाडौँ क्षेत्र नं १० का सभापतिमा महर्जन विजयी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहनुभएका उहाँले ३२० मत प्राप्त गर्नुभएको थियो । 

यस्तै, सचिवमा हरिबहादुर महर्जन २९६, राजु खत्री २५३, सहसचिवमा मिलन विष्ट २२९ र शिशिर महर्जनले २२६ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । 

महाधिवेशन प्रतिनिधि खुलातर्फ राजेन्द्रकुमार केसी (राजन), राजकुमार नकर्मी, विकास बस्नेत, दीपेन्द्र आचार्य, अमृका बलामी, श्यामबहादुर कार्की, धर्मराज केसी, ईश्वर लामा, योगेन्द्रकुमार कुँवर र गोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मीदेवी दाहाल रावल, अजितादेवी शर्मा, यशोधा गौतम र मनमैया गिरी, आदिवासी जनजाती महाधिवेशन प्रतिनिधि बद्रीलाल महर्जन, विष्णुमान मानन्धर र चन्द्रबहादुर गोपाली, आदिवासी जनजाती महिला महाधिवेशन प्रतिनिधिमा सिर्जना श्रेष्ठ (सिंह) र यमुनादेवी श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

यस्तै, खस आर्य तर्फ सीता केसी (खड्का) र तारा बुढाथोकी, खस आर्य महाधिवेशन प्रतिनिधि पुरुषतर्फ गणेशबहादुर सुवेदी र राजेन्द्र खत्री र अल्पसङ्ख्यकबाट सुदन महर्जन विजयी हुनुभएको जनाइएको छ । रासस