७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा

अमेरिकामा ९० प्रतिशत घरमा एसी, पृथ्वीकाे तापमानसँग हामीलाइ मात्र किन सराेकार ?

अमेरिकामा ९० प्रतिशत घरमा एसी, पृथ्वीकाे तापमानसँग हामीलाइ मात्र किन सराेकार ?
अ+ अ-

जालीस आन्द्राबी

बेहरोर, भारत, १८ मङ्सिर (रासस/एएफपी): गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिसहरु रतनजस्तै कोठालाई चिसो राख्न वातानुकूलित यन्त्र (एयर कर्डिसनिङ–एसी) प्रयोग गर्न थालेका छन् ।

एसीको प्रयोगले पृथ्वीको तापमान अझ बढाउँछ भन्ने रतनलाई राम्रोसँग थाहा पनि छैन । सन् २०५० सम्ममा भारतमा एसीको संख्या तीन करोडबाट एक अर्ब पुग्ने अनुमान गरिएको छ । विश्वकै दोस्रो बढी जनसंख्या भएको भारतमा कोठा चिस्याउन विद्युतीय एसीको प्रयोग गर्ने भारत पनि प्रमुख राष्ट्र हुनेछ ।

भारत अहिल्यै हरितगृह ग्यास उत्सर्जन गर्ने तेस्रो ठूलो राष्ट्र हो । भारतमा वर्षको करिब ८० करोड टन कोइला बालिन्छ । विज्ञहरुका अनुसार एसीका लागि विद्युतको बढ्दो माग पूरा गर्न विद्युत उत्पादनलाई तीन गुणा बढाउनु पर्नेछ ।

यथार्थमा गर्मीको मौसममा भौंतारिने करोडौं भारतीयलाई एसीमा बस्न पाउनु भगवानको कृपा नै हो ।

“गर्मीको मौसममा हाम्रो जीवन पीडादायी नै हुने गर्दछ,” महिनामा २२५ अमेरिकी डलर मात्र कमाउने ४८ वर्षीय कुमारले बताए । प्रचण्ड गर्मी हुने राजस्थानको बेहरोर नगरका निवासी उनले आफ्नो दुईकोठे घरमा यसैवर्ष एसी जडान गरेका छन् ।

“दिनभरी गर्मीमा काम गर्नुछ, फेरि राति पनि गर्मीले सुत्न सकिन्न,” दुई सन्तानका पिता कुमारले भने, “म धनी त होइन तर यो एसीले जीवनमा केही आराम भएको छ ।”

भारतमा चार महिने गर्मी मौसममा जीवन पीडादायी हुने गर्दछ । पछिल्ला वर्षहरुमा यहाँको तापमान बढ्दै गएको अनुभव गरिएको छ ।

सन् २०१६ मा पृथ्वीको सबैभन्दा बढी तातो भारतमै अनुभव गरिएको थियो । भारतीय शहर फालोदीमा त्यसवर्ष तापक्रम ५१ डिग्री सेल्सियससम्म पुगेको थियो । समग्र भारतमा पनि यो सबैभन्दा उच्च तापक्रम हो ।

गर्मी मौसममा सडकको अलकत्रा पग्लिन्छ र लाखौं मानिसको स्वास्थ्यमै जोखिम निम्त्याउँछ । सन् २०१५ मा प्रचण्ड गर्मी सहन नसकेर भारतमा झण्डै दुई हजार ५०० व्यक्तिको मृत्यु भएको थियो ।

हाल, भारतमा केबल पाँच प्रतिशत घरमा मात्र एसी जडान भएको छ । अमेरिकामा ९० प्रतिशत र चीनमा ६० प्रतिशत घरमा एसी छ । विगत ३० वर्षको अवधिमा एसी जडान ह्वात्तै बढेको हो ।

तर भारतमा पनि एसीको बजार तिब्र गतिमा विस्तार हुन थालेको छ । मानिसको आम्दानी बढेको र विद्युत आपूर्तिमा केही सहजता आएकोले दोहोरो अङ्कको गतिमा एसी खपत बढेको छ ।

“एसी जोड्नु अहिले विलासिता होइन, आवश्यकता हो,” जापानी उत्पादक कम्पनी डाइकिनका भारतीय प्रमुख कन्वाल जीत जावाले बताए । डाइकिनले राजस्थानको कारखानाबाट हरेक वर्ष १२ लाख एसी उत्पादन गरिरहेको छ । “एसीले उत्पादकत्व र औसत आयु दुवै बढाउँछ,” उनले भने ।

बिडम्बना के छ भने मानिसले चिसोमा बस्ने चाहना राख्दा एसीमा रहने चिस्यान यन्त्र र विद्युत उत्पादनका दुवै कार्यमा प्रयोग हुने यन्त्र चलाउन ठूलो परिमाणमा अन्य इन्धन चाहिन्छ, र त्यसले विश्वव्यापी तापमानलाई बढाउँछ ।

यसबाहेक, अध्ययनहरुले एसीभित्र जडान गरिने उपकरण आफैंले पनि शहरी क्षेत्रहरुमा तापक्रम बढाइरहेको देखाएका छन् । यी उपकरणले शहरमा एक वा त्यसभन्दा बढी डिग्री तापमान बढाउँछन् । विश्व स्वास्थ्य संगठन र युएन ह्वाबिट्याटले पनि यही तथ्यलाई पुष्टी गरेका छन् ।

एसीको माग बढ्दै गएकाले सन् २०५० सम्ममा विश्वभर एसीमा प्रयोग हुने विद्युतको परिमाण तीन गुणाले बढ्नेछ । अन्तर्राष्ट्रिय ऊर्जा निकायका अनुसार अमेरिका, युरोपेली युनियन र जापानको हालको विद्युत क्षमता बराबर नयाँ विद्युत उत्पादन आवश्यक पर्नेछ ।

भारतले हाल करिब दुई तिहाई विद्युत कोइला र ग्यासको प्रयोगबाट उत्पादन गर्दछ, र नवीकरणीय ऊर्जाको महत्वाकाँक्षी योजनाका बाबजूद अझै केही दशकसम्म परम्परागत इन्धन नै मुख्य स्रोत हुनेछ ।

आशाको एउटा सम्भावना के छ भने भारतले विद्युत कम खपत हुने एसीको उत्पादनमा जोड दिन सक्नेछ । डाइकिन जस्ता उत्पादकहरुले नयाँ प्रविधिलाई प्रबद्र्धन पनि गरिरहेका छन् । तर यी कम विद्युत खपत हुने एसी महङ्गा हुन्छन् र पहिल्यै एसी जडान गरिसकेकाहरुले नयाँ तत्कालै खरिद गर्दैनन् । भारतमा नयाँ किन्नेभन्दा मर्मत गरेर चलाउने चलन बढी छ ।

जुनमा भारत सरकारले एसी खोल्नासाथ २४ डिग्री सेल्सियसमा राख्नेगरी प्रबन्ध गर्न एसी उत्पादकहरुलाई परामर्श दिएको छ । यो कार्यबाट अर्बौं युनिट बिजुली बचत हुने र उत्सर्जन पनि घट्ने सरकारको विश्वास छ । तर अहिले नै यो व्यवस्था बाध्यकारी होइन ।

पोल्यान्डमा जलवायुसम्बन्धी कोप२४ को विश्व सम्मेलन भइरहेको छ । बेहरोरले एसी खरिद गरेको पसलका सञ्चालक राम विलास यादव भन्छन्, उनका ग्राहकलाई विश्वको तापमानभन्दा बढी चिन्ता छ, र त्यो हो गर्मी । “मानिसहरु आफ्ना घरभित्र चिसो बनाउन चाहन्छन्,” यादव भन्छन्, “यसै वर्षमात्र मैले ३०० वटा एसी बेचिसकें ।” उनको भनाइमा हरेक वर्ष एसीको बिक्री व्यापक बढेर १५० प्रतिशत पुगेको छ ।

यादवले गर्मीबाट बच्ने परम्परागत विधि छाडेर गाउँघरमा पनि मानिसहरु एसी जडान गर्न लागिपरेको बताए । उत्पादकहरुको व्यापक मार्केटिङले पनि एसी जडान गर्न मानिसलाई उत्प्रेरित गरिरहेको छ ।

“वैज्ञानिकहरुले गर्मी बढ्यो भन्दैछन् तर अहिलेलाई मैले आरामसँग सुत्न पाएको छु,” कुमार भन्छन् ।