१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४० क्षेत्रको परिणाम आयो, देउवा पक्षको स्पष्ट अग्रता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मंसिर ७ गतेबाट भएको सुरु भएको निर्वाचन क्षेत्रअन्तर्गतको निर्वाचनबाट देशभरका १४० क्षेत्रको परिणाम आएको छ । यसबाट तीन हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

महाधिवेशन सुरु हुन दुई साता बाँकी रहँदा यो अधिवेशनमा हुने मुख्य नेतृत्वका लागि पनि रस्साकस्सी सुरु भएको पाइएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १ सय ४० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिनुभएको छ ।

कांग्रेसको विधानअनुसार, हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ । अहिलेसम्म आएको परिणाममा संस्थापन पक्ष अघि देखिएको छ । हरेक जिल्लामा संस्थापन अर्थात् देउवा पक्षले अग्रता लिएको परिणाममा देखिएको छ । अहिलेसम्म परिणाम आएका जिल्लाहरुका क्षेत्रीय सभापतिमा देउवा पक्ष हावी भएको देखिएको छ । 

कतिपय जिल्लाहरुबाट अहिले पनि परिणामहरु आइरहेका छन् । तीमध्ये अधिकांशमा संस्थापन पक्षले अग्रता लिएका छन् भने मुलुकको पूर्वी क्षेत्रमा पनि देउवा र साथसाथै कृष्ण सिटौलाको निकटका प्रतिनिधिहरु आइरहेका छन् । ती स्थानमा आएका जिल्ला सभापति, क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिहरुमा देउवा पक्षका उम्मेदबारहरुले भारी मतान्तरले निर्वाचन जितीरहेका छन् । 

उता पौडेल पक्षबाट जितेका क्षेत्रीय तथा जिल्ला सभापतिहरुले भने झिनो मतको फरकले जितेका छन् । बागलुङमा पौडेल पक्षका चण्डीप्रसाद पौडेलले संस्थापन पक्षका अध्यक्षलाई चार मतले मात्र पछि पारेर निर्वाचन जितेका थिए । यसरी पौडेल पक्षले जितेका कैयौँ जिल्ला र क्षेत्रहरुमा १० भन्दा कम मत अन्तर देखिएको छ ।