२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा आँखा अस्पताललाई रु ५० लाख



अ+ अ-

तुलसीपुर, २५ मङ्सिरः नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ ।

उक्त संस्थाको विकास तथा विस्तारका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएकाले सो रकम विनियोजन गरिएको प्रतिनिधिसभाका सदस्य मेटपणि चौधरीले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष कार्यविधि– २०७५ अन्तर्गत रही सो रकम खर्च गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पताल लमहीको भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना तयार भएको र सो रकमबाट अस्पतालको कर्मचारी आवास भवन निर्माण गर्ने योजना रहेको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।

“सङ्घको भौतिक पूर्वाधार विकासका लागि यस क्षेत्रका प्रतिनिधिसभा सदस्यले देखाउनुभएको सदासयता र सहयोगप्रति हामी आभारी छौँ”, नेपाल नेत्रज्योति सङ्घ दाङका सभापति कृष्णकुमार गिरीले भन्नुभयो, ‘‘यसले हामीलाई थप हौसला र अस्पतालको विकास तथा विस्तारमा लाग्न प्रेरित गरेको छ ।”

नेपाल नेत्रज्योति सङ्घ दाङले हाल तीन वटा आँखा अस्पताल र विभिन्न जिल्लामा आँखा उपचार केन्द्र स्थापना गरी आँखा उपचार सम्वन्धी सेवा दिँदै आएको छ ।