२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा आँखा अस्पताललाई रु ५० लाख



अ+ अ-

तुलसीपुर, २५ मङ्सिरः नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ ।

उक्त संस्थाको विकास तथा विस्तारका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएकाले सो रकम विनियोजन गरिएको प्रतिनिधिसभाका सदस्य मेटपणि चौधरीले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष कार्यविधि– २०७५ अन्तर्गत रही सो रकम खर्च गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पताल लमहीको भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना तयार भएको र सो रकमबाट अस्पतालको कर्मचारी आवास भवन निर्माण गर्ने योजना रहेको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।

“सङ्घको भौतिक पूर्वाधार विकासका लागि यस क्षेत्रका प्रतिनिधिसभा सदस्यले देखाउनुभएको सदासयता र सहयोगप्रति हामी आभारी छौँ”, नेपाल नेत्रज्योति सङ्घ दाङका सभापति कृष्णकुमार गिरीले भन्नुभयो, ‘‘यसले हामीलाई थप हौसला र अस्पतालको विकास तथा विस्तारमा लाग्न प्रेरित गरेको छ ।”

नेपाल नेत्रज्योति सङ्घ दाङले हाल तीन वटा आँखा अस्पताल र विभिन्न जिल्लामा आँखा उपचार केन्द्र स्थापना गरी आँखा उपचार सम्वन्धी सेवा दिँदै आएको छ ।