२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेपाटाइटिस ‘बी’ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई



अ+ अ-


सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ । एक जना बिरामीले उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो ।

सोलु हेल्थकेयर सेन्टर, सोलुका डा राजेन्द्र बस्नेतका अनुसार हेपाटाइटिस ‘बी’ मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । विश्वमा ४० करोड व्यक्ति यस रोगका सिकार भइरहेको विभिन्न तथ्यहरूमा उल्लेख छ । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वालिभर क्यान्सरबाट पीडित छन् भने कसैको अकालमा मृत्यु भइरहेको छ ।

सन् १९८० को शुरुबाट हेपाटाइटिस ‘बी’ विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको बताइन्छ । यो रोग संसारभर फैलिएको चिकित्सकको भनाइ छ । प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । यो रोग यौन सम्पर्क तथा रगतको माध्यमबाट सर्ने डा बस्नेतको भनाइ छ ।

दुई खालको हेपाटाइटिस ‘बी’

हेपाटाइटिस ‘बी’ रोग दुई किसिमको हुन्छ । डा बस्नेतले भन्नुभयो, “एक्युट र क्रोनिक एक्युट हेपाटाइटिस ‘बी’को ६५ प्रतिशत सङ्क्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन भने ३५ प्रतिशत सङ्क्रमितमा हेपाटाइटिस ‘ए’ जस्तै लक्षणहरू शरीर दुख्ने, घुँडा दुख्ने, अति साह्रो ज्वरो आउने, खानामा अरुचि हुने, माथिल्लो पेट फुलेर आउने, दायाँपट्टि असजिलो महसुस हुने, वाकवाकी लाग्ने, बान्ता आउने, आँखा पहेँलो हुने, आदि लक्षण देखा पर्छन् । यीमध्ये एक प्रतिशत बिरामीको एक्युट लिभर फेलियर कलेजो बिग्रिएर मृत्यु हुन्छ । लिभर कलेजो क्यान्सर हुने खतरा भने ‘सी’मा भन्दा ‘बी’मा बढी देखिने चिकित्सकको भनाइ छ ।

एचआइभी एड्स सङ्क्रमित शून्य

जिल्लामा एचआइभी एड्सका सङ्क्रमित शून्य रहेको पाइएको छ । जिल्लाको एक मात्र जिल्ला अस्पताल फाप्लुमा आजसम्म एक जना पनि एचआइभी सङ्क्रमित नभेटिएको अस्पतालका सूचना अधिकारी शेर्पाले जानकारी दिनुभयो ।

अस्पतालमा आएका हजारौँ बिरामीका लागि आउने एआरटी एन्टिभाइरल थेरापी पनि प्रत्येक वर्ष म्याद सकिएर फाल्नुपर्ने अवस्था रहेको सूचना अधिकारी शेर्पाको भनाइ छ । “सङ्क्रमण पत्ता लागिहालेमा अपहेलित हुने डरले रोग लुकाउने परिपाटी हुँदा रोगीले अस्पतालमा आएर सेवा नलिएको हुनसक्छ”, शेर्पाले भन्नुभयो, “जिल्लामा केही सङ्क्रमित त हुनसक्ला तर हाम्रो रेकर्डमा भने छैन ।” रासस