१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी आउदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा प्रहरी नै चकित



अ+ अ-

महोत्तरी । उदयपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा प्रहरी नै चकित परेका छन् । महोतरीको बर्दिवास नगरपालिकाबाट प्रहरीले सोमबार बिहान ठूलो परिमाणको लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ।

छुट्टाछुट्टै बसमा लागूऔषध लुकाएर ल्याउँदै गरेका एकजना पक्राउ परेका छन् भने अर्का एकजना भागेका छन्।बा३ख ७४६८ नम्बरको बस नगरपालिकाको वडा नम्बर ३ स्थित इलाका प्रहरी कार्यालय अगाडि चेकजाँचको क्रममा बसमा डाइलकस डीसी नामको लागू औषध ४७ बोत्तल भेटिएको हो।

तर उक्त लागू औषध तस्कर गर्ने व्यक्ति भने भाग्न सफल भएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।बसको छतमा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध बरामद भएको हो।
यता बा५ख १९६८ नम्बरको हाइसबाट १०० बोत्तल डाइलक्स डीसी भेटिएको छ। सँगै नाइट्रोभेक्स नामको २० पाता लागू औषध पनि बरामद भएको छ। यसमा ६३० गोटी छन्।यो लागूऔषध लिएर आएका १८ वर्षीय अमरकुमार शर्मा ठाकुर पक्राउ परेका छन्। प्रहरीले उनी सिरहा जिल्ला विष्णुपुर १ का बासिन्दा भएको जनाएको छ।