१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस अधिवेशन : भक्तपुरमा सभापतिमा थापा र कवेँ भिड्ने



अ+ अ-

भक्तपुर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको जिल्ला अधिवेशनमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबीच प्रतिस्पर्धा हुने भएको छ । थापा र कवेँले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन् । 

यसअघिको भक्तपुरको जिल्ला अधिवेशनमा पनि थापा र कवेँबीच सभापतिका लागि कडा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेँलाई दोस्रो चरणमा झिनो मतले पछि पार्दै थापा सभापतिमा निर्वाचित हुनुभएको थियो । यस पटक पनि दुवै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

पार्टीको आजको बैठकबाट उम्मेदवारी दर्ता शनिबार गर्ने सहमति भएको कांग्रेस जिल्ला सहसचिव किरण न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार मतदानको तालिका तय गरिने भएको छ ।” (रासस)