२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एघार वर्षपछि नवदुर्गा नाच प्रदर्शन शुरु



अ+ अ-


भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यस वर्षबाट शुरु भएको हो ।

दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि अभद्र व्यवहार गरेको भन्दै सुरक्षाको कारण देखाउँदै फर्किएको देवगणले पुनः नाच प्रदर्शन गरेका थिएनन् । यसवर्ष मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नवदुर्गा नाचको सुरक्षा र आवश्यक खर्चलगायतको सहयोग गर्ने प्रतिबद्धता जनाएपछि योमरी पूर्णिमाको दिन साँझदेखि नवदुर्गा नाच प्रदर्शन शुरु भएको हो ।

नगरपालिकाका प्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले मध्यपुर थिमिको कला, संस्कृति र सांस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरेर अगाडि बढेको छ, वर्षौदेखि मध्यपुरमा प्रदर्शन हँुदै आएको नवदुर्गा नाच पनि सांस्कृतिक धरोहर नै हो, यो रोकिएका कारण नगरपालिकाकै पहलमा आवश्यक सहयोग र खर्च व्यहोर्ने भएपछि नाच सञ्चालनमा आयो ।”

नगरपालिकाका प्रमुख श्रेष्ठ सहितका जनप्रतिनिधिले नाच प्रदर्शन गर्न आग्रह गरेपछि सुरक्षाको व्यवस्था गर्न र आवश्यक खर्च व्यहोर्न माग गरी मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठसँग दुईबुँदे सहमति भएपछि यस वर्षदेखि नवदुर्गा नाच प्रदर्शन गर्न सञ्चालनमा आएको हो ।

मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म सञ्चालन हुने यो नाच पहिलो दिन हिजो साँझ दिगुटोलबाट शुरु भएर बालकुमारी गएर बालकुमारी सत्तलमा गएर बसेको छ ।

आज बिहानैदेखि बालकुमारीमा नवदुर्गाको पूजा अर्थात द्यो बोयकेगु गर्न स्थानीय बासिन्दाको बालकुमारीमा घुइँचो लागेको छ । आज साँझ लायकु, जाने नवदुर्गा एक सातासम्म दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडे, सूर्यविनायकको दधिकोट, गाम्चासम्म प्रदर्शन हुने गरेको छ । रासस