२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गन्धर्व सङ्ग्रहालयको उद्घाटन



अ+ अ-

लेखनाथ । कास्कीको पोखरा– १६ बाटुलेचौरमा नवनिर्मित गन्धर्व सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको छ ।

सोको उद्घाटन गर्दै उहाँले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले गन्धर्व नेपाली कला र संस्कृतिका धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विसं २०७१ मा निर्माण शुरु गरिएको सङ्ग्रहालय भवन रु १७ लाखको लागतमा गत असार मसान्तमा निर्माणकार्य सम्पन्न भएको कोषाध्यक्ष विनोद गायकले जानकारी दिनुभयो । सङ्ग्रहालयको शुरुवातसँगसँगै त्यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा स्थानीयवासीले गरेका छन् । सङ्ग्रहालयमा गन्धर्वका कला, संस्कृति झल्कने किसिमका सारङ्गी, मादल, अरबाजा लगायतका पुराना बाजा र गन्धर्वसँग सम्बन्धित पुस्तक राखिएका छन् । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरा पर्यटकीय रुपमा मात्र नभइ कला र संस्कृतिमा पनि धनी रहेको भन्दै प्रशंसा गर्नुभयो ।

सो कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर गायकको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जीवनप्रसाद आचार्य, स्व झलकमान गन्धर्व सालिक निर्माण समितिका अध्यक्ष ताराप्रसाद तिमिल्सिना, हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष भोजबहादुर गायक, सल्लाहकार भीमबहादुर गायक, उपाध्यक्ष दिनेश गायक लगायतले पर्यटन वर्षलाई सफल बनाउन कला र संस्कृतिलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । रासस