६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार लेनको सडक बन्ने



अ+ अ-

लमही । दाङको लमही–तुलसीपुर सडक अब चार लेनको बन्ने भएको छ । उक्त सडकखण्ड भारतीय कम्पनि र भारतिय इञ्जिनीयरसँग ठेक्का सम्झौता गरेर बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई फराकिलो बनाउन लागिएको हो ।

हाल दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन रु एक अर्ब ४४ करोड लागत अनुमान गरिएको छ। अबको एक महीनामा चार लेन बनाउने काम शुरु भइ दुई वर्षभित्र निर्माण पूरा गरिसक्नुपर्नेछ । सडक बनाउने काम आइसिवी प्रणालीद्वारा हुने भन्दै गुणस्तरीय हुने र निमार्ण लागत रु एक अर्ब ६ करोडमा निर्माण पूरा गर्न बोलपत्र स्वीकृति भएको परियोजनाले बताए छ।

बस्ती भएको स्थानमा चार लेन र बस्ती नभएका स्थानमा भने ११ मिटर चौडाइ भएको सडक निर्माण गरिने छ ।