६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उठ्ने भोे धराहरा, शिलान्यास प्रधानमन्त्रीले गर्ने



अ+ अ-


काठमाडौं । बैसाख १२ गतेको विनाशकारी भूकम्पले भत्किएको धराहराको पुनर्निमाण शिलान्यास पुस १२ गते हुने भएको छ । आउँदो बिहीबार भत्किएकै धरहराको आगनमा कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका छन् ।

निर्माण वरपर छेकबार गर्ने काम भइसकेकोले शिलान्याससँगै धरहरा पुनर्निर्माणको कामले गति लिने महानगरपालकिाले जनाएको छ ।

यहि मंसिरमै जग खन्न शुरु गर्ने तयारी रहे पनि टेलिकमको अण्डरग्राउण्ड फाइबर, खानेपानीका पाइप विद्युतका तार परिसर क्षेत्रमा परेकाले ढिलाइ भएको पुससम्म मिति लम्बिएको महानगरपालिकाले जनाएको हो ।

जीआईईटिसी कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गर्न ठाउँ छुट्याइएको छ ।