२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताल पुनः भरणले पर्यटक आर्कषण बढ्दै



अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाले धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गत आर्थिक वर्षमा बाराकुण्डाका १२ तालमा जल पुनः भरण गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।
संरक्षण अभावमा पुरिँदै गएका तालमा राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिसँग सहकार्य गरी सरसफाइ पछि जल पुनःभरण गरिएको छ । जल पुनःभरण पछि सो क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन् । नगर प्रमुख सुरेन्द्र विष्टले बाराकुण्डालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

बाराकुण्डा क्षेत्रका १२ वटा तालसम्म पर्यटकलाई सहज रुपमा पुग्न र धार्मिक पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले रौटेलादेखि ब्रह्मदेवसम्म जैविक धार्मिक पर्यटन मार्गसमेत निर्माण गरेको छ । सो १८ मिटर चौँडा मार्गले उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीयस्थल एक आपसमा जोडिएका छन् ।

ताल अवलोकनका लागि पुगेका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले बाराकुण्डामा ताल पुनःभरण गरी ऐतिहासिक धार्मिक साँस्कृतिक सम्पदा संरक्षणका राम्रो कार्य भएको उल्लेख गर्दै आगामी दिनलाई यसलाई थप पूर्वाधार निर्माणका कार्य गरी आकर्षक बनाउनुपर्ने बताउनुभएको छ । तालको प्रचारप्रसारमा जोड दिइए पर्यटक बढाउन सकिने पत्रकार रनि विवसले बताउनुभयो । बाराकुण्ड क्षेत्र ऋषिमुनिको प्राचीन तपोभूमिका रुपमा रहेको बुढापाकाको भनाइ रहेको छ । रासस