१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना



अ+ अ-

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रको हस्तान्तरण गर्नुभयो ।

स्थानीय विपद् व्यवस्थापन समितिले सञ्चालन गर्ने केन्द्रले गाउँपालिका क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट हुनसक्ने विपद्बाट सर्वसाधारणको जिउ, निजी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचना जोगाउन मद्दत पुग्ने बताइएको छ ।

स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्ने राप्ती सोनारी गाउँपालिका बाँकेमा पहिलो भएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्ती नदी तथा अन्य नदीनालाबाट कटान डुबानजन्य प्रकोप हुने गरेकाले मानवीय तथा भौतिक संरचनाको क्षति कम गर्न केन्द्र स्थापना गरिएको बताउनुभयो ।

केन्द्र सञ्चालनका लागि ‘सेभ द चिल्ड्रेन’ र बाँके युनेस्को क्लबले आवश्यक उपकरण तथा अन्य जिन्सी सामान उपलब्ध गराएको क्लबका कार्यक्रम अधिकृत दीपेन्द्र चौधरीले जानकारी दिनुभयो । रासस