१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् महसुल काउण्टर नहुँदा सास्ती



अ+ अ-

बैतडी । सदरमुकाम गोठलापानी र पाटनबाहेक जिल्लाका अन्य स्थानमा विद्युत् महसुल काउण्टर नहुँदा बैतडीका ग्रामीण क्षेत्रका नागरिकलाई महशूल बुझाउन सास्ती हुने गरेको छ । ग्रामीण क्षेत्रमा नागरिक विद्युत् महसुल तिर्नकै लागि हजार बढी रुपैयाँ खर्च गर्न बाध्य भएका छन् ।

जिल्लाका विभिन्न स्थानका नागरिकले ८० रुपैयाँ विद्युत्को बिल तिर्न दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । महसुल तिर्नका लागि सदरमुकाम र पाटनमा मात्रै व्यवस्था भएकाले महसुल तिर्नका लागि निकै झण्झट हुने गरेको डिलाशैनी गाउँपालिका गोकुलेश्वरका हरिशनाथले बताउनुभयो ।

बैतडी सदरमुकामसम्म आवतजावत गर्न, खाना खर्चसहित ८० रुपैयाँ बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने नाथले बताउनुभयो । जिल्लाको डिलाशैनी, दोगडाकेदार, पाटन नगरपालिका–१० सुर्नया गाउँपालिकाका विभिन्न स्थानका नागरिकहरुले विद्युत बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

विद्युत् महसुल काउण्टर नजिक नभएकाले सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको सुर्नया गाउँपालिका–५ का दिपेन्द्रबहादुर बिष्टको गुनासो रहेको छ । विद्युत् महसुल सङ्कलनका लागि स्थानीयस्तरमै काउण्टर सञ्चालन गर्ने कुनै योजना नरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो ।

महसुल काउण्टर स्थापनाका लागि प्राधिकरणको केन्द्रीय कार्यालयले मात्रै स्थापना गर्ने बताइएको छ । दुर्गम ठाउँका सेवाग्राहीका लागि तीन महीनाको एकैचोटी रिडिङ गर्ने र न्यूनतम शुल्क लिने गरी महसुल सङ्कलन गर्ने गरिएको छ उहाँले उहाँले भन्नुभयो,“सुरक्षा, भौगोलिक विकटता र कर्मचारीको अभावमा तत्कालै महसुल काउन्टर स्थापना हुने सम्भावना न्यून छ ।” महसुल तिर्नका लागि झण्झट भएको उपभोक्ताको गुनासो आए पनि जिल्लास्तरबाट कुनै पहल गर्न सकिएको छैन् । रासस