६ आश्विन २०८१, आईतवार
,
Latest
रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो: अझै चिसो बढ्ने



अ+ अ-


काठमाडौँ ।  राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हुँदा अझै चिसो बढ्ने उल्लेख गर्नुभयो । “अहिले जाडोको मध्य अवस्थामा छौँ, जनवरी महीनामा बढी चिसो हुने गर्छ, त्यसैले चिसोबाट सजग हुनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

न्यूनतम तापक्रम घटे पनि बिहानैदेखि सफा घाम लागेकाले सर्वसाधारणले केही राहत महसुस गरेका छन् । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस पुगेको छ । त्यसैगरी दीपायल, डडेल्धुरा र वीरेन्द्रनगरको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा धेरै विराटनगरको न्यूनतम ९.५ र अधिकतम तापक्रम २६.४, सिमराको न्यूनतम ५ र अधिकतम तापक्रम २६.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । रातको समयमा पनि आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी क्षेत्रका उच्च हिमाली भेगका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि बुधबार पनि देशका पश्चिमी तथा मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र पूर्वी पहाडी भेगमा सामान्य बदली रहने छ । देशको पश्चिमी तथा मध्य उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले औँल्याएको छ । रासस