६ आश्विन २०८१, आईतवार
,
Latest
नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झौतापत्रमा हस्ताक्षर



अ+ अ-


काठमाडौँ । नेपाल राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले प्रदान गर्ने एनएनआइपिए अवार्डको लागि आर्दश समाज विकास केन्द्रले रु एक लाख प्रदान गर्ने भएको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष दीपक श्रेष्ठ र विकास केन्द्रकी अध्यक्ष सपना लामाले तीन वर्षका लागि वार्षिक एक लाखको दरले प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता अनुसार केन्द्रले एनएनआइपिए पत्रकारिता पुरस्कार रु २५ हजारसहित अन्य व्यवस्थापनका लागि कार्यक्रम प्रायोजना गर्नेछ । एनएनआइपिए स्पोर्ट्स अवार्ड ललितपुर सङ्ग्रहालयमा हुँदैछ ।

सोही अवसरमा राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका एक÷एक पुरुष÷महिला खेलाडीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिनेछ ।

तिनै २९ खेलका उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीको चयन गरिनेछ । सो अवसरमा एक पाका खेलाडीलाई ‘गजराज जोशी आदर्श खेलाडी अवार्ड तथा एक खेल पत्रकारलाई ‘एनएनआइपिए खेल पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिनेछ । अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च राख्न पसिना बगाउने खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त अवार्ड कार्यक्रमको आयोजना गर्ने गरेको सङ्घका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । रासस