१४ भाद्र २०८३, आईतवार
,
Latest
‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडका तीन खानलाई फापेन सन् २०१८



अ+ अ-

 

काठमाडौँ । बलिउडमा तीन खानहरुले राज गर्दै आएका छन् । सन् २०१८ भने उनीहरुका लागि अनुकूल बन्न सकेन । यो वर्ष खानका फिल्महरुले सोचे अनुसारको सफलता हासिल गर्न सकेनन् । सलमान, आमिर र शाहरुख खानका यो वर्ष एकरएकवटा फिल्म रिलिज भए । दर्शकहरुको मन जित्न नसकेपछि उनीहरुको चर्को आलोचना भएको छ । स्टारडम र फ्यान्सको भरमा मात्र फिल्म चल्दैनन् भन्ने गतिलो उदाहरण यस वर्ष खानहरुले पाएका छन् ।

के सन् २०१८ बाट खानहरुको असफलता सुरु भएको होरु सुपरहिट फिल्म दिने यी तीन खानका फिल्महरुले यस वर्ष दर्शकहरुको मन जित्न सकेनन्। उनीहरुका प्रशंसक निराश देखिए। बलिउडका भाइजान सलमान खानको रेस  ईदको अवसर पारेर रिलिज भयो। मिस्टर पर्फेक्ट सनिष्टु आमिर खानको दिपावलीमा ठग्स अफ हिन्दुस्तानु रिलिज भयो। बलिउडका बादशाहु शाहरुख खानको क्रिसमसको केही दिनअघि जिरो रिलिज भयो।

प्रायः बिदा र पर्वको अवसर पारेर यिनीहरुका फिल्म रिलिज हुने गरेको छ। फिल्मले सोचे अनुसारको सफलता हासिल गर्न नसक्दा बलिउडका खानहरुका लागि सन् २०१८ खराब बनेको छ।

सलमानको रेस
ट्युबलाइट हिट नभएपछि सलमानले रेस-३ हिट हुने अपेक्षा गरेका थिए। तर, उनको अपेक्षा पूरा हुन सकेन। रेस-३ बाट सलमानले धेरै आलोचना सहनु पर्‍यो। उसो त, उनी पछिल्लो समय मुकेश आम्बानीकी छोरीको विवाहको अवसर पारेर आयोजित सांगीतिक कार्यक्रममा ब्याक ग्राउण्ड डान्सर बनेको भनेर आलोचित बने।

सलमानको उक्त फिल्मले धेरै कम रेटिङ पायो। टाइम्स अफ इन्डियाले यो फिल्मलाई ५ मा २ स्टार दियो। रोटन टम्याटोले १० मा २ दशमलव १ रेटिङ दियो। हिन्दूस्तान टाइम्सका रोहित भाट्सले ५ मा १ दिए। सीएनन न्यूज-१८ का राजीव मसन्दले ५ मा १ रेटिङ दिँदै फिल्म पूर्ण रुपमा भद्दा भएको प्रतिक्रिया नै दिए।

फिल्ममा अनिल कपुर, बवि देओल, ज्याकिलिन फर्नान्डिज, शकिव सलिम लगायतको अभिनय छ। रिलिजको पहिलो दिनमा धेरै कमाउने फिल्मको रेकर्ड राखे पनि दर्शकहरुको मन भने जित्न सकेन। नराम्रो प्रतिक्रिया पाए पनि बक्स अफिलसमा भने राम्रै व्यापार गर्‍यो। फिल्मले एक सय ६९ करोड भारु मात्र कमायो।

ववि देओललाई कम्ब्याक गराउने उद्देश्यले सलमानले रेस-३ मा ल्याएका थिए। तर फिल्म हिट नभएपछि त्यो उद्देश्य पूरा हुन सकेन। स्टारले मात्र फिल्म चल्दैन भन्ने गतिलो उदाहरण रेस-३ले दिएको छ।

आमिरको – ठग्स अफ हिन्दुस्तानु
सधैँ फरक अभिनय र कथा भएको फिल्म खेल्ने मिस्टर फर्फेक्टसनष्ट आमिर खानका लागि सन् २०१८ खराब बन्यो। फिल्मको लगानीको करिब ६ हजार प्रतिशत कमाइ गरेको सेक्रेट सुपरास्टारबाट अमिरले सबैको वाही वाही कमाए।

तर उनको त्यो वाहीवाही एक वर्ष पनि टिक्न सकेन। पुरानो कथा लिएर ठग्स अफ हिन्दुस्तान फिल्म भएपछि आमिरले धेरैको आलोचना सहनु पर्‍यो। फिल्मले समाजलाई दिने सन्देश समेत राम्रो भएन। चलचित्र असफलताको पूरा जिम्मेवारी आफूले लिने बताउँदै उनले दर्शकको सोचअनुसार नभएकोमा माफीसमेत मागे।

सधैं भरोसायोग्य फिल्म दिने आमिरका लागि ठग्स अफ हिन्दुस्तान करिअरकै खराब फिल्ममध्ये एक मानियो। फिल्मको व्यापार सन्तोषजनक समेत भएन। यो फिल्म बक्स अफिसमा पनि असफल भयो। तिहारमा रिलिज भएको यो फिल्ममा अमिरका अलावा अमिताभ बच्चन, क्याट्रिना कैफ लगायतको अभिनय छ। फिल्मले १ सय ४५ करोड भारु कमायो।

शाहरुखको जिरो
शाहरुख खानलाई जिरोले केही अवसर दिने बताइएको थियो। गत साता रिलिज भएको यो फिल्मले शाहरुखलाई सोचे अनुसारको सफलता नदिने देखिएको छ। फिल्म रिलिजको चौथो दिनसम्म आइपुग्दा व्यापारमा गिरावट आएपछि उनको पनि अधो गति सुरु भएको फिल्मी पण्डितहरुले दाबी गरेका छन्।

रावनबाट आरोला लागेका शाहरुखको फिल्मी करियरलाई दिलवाले र फ्यानले पनि शाख जोगाइदिएनन्।रोटन टम्याटोले १० मा २ रेटिङ दियो। सीएननन्यूज-१८ का राजीव मसन्दले ५ मा २ रेटिङ दिएका छन्।जिरोलाई एस कन्नड चलचित्र केजीएफले कमाइमा उछिनेपछि विभिन्न प्रतिक्रिया आइरहेका छन्।

यो वर्ष बलिउडमा कम लगाानी र राम्रो कथावस्तु समेटिएर निर्माण गरिएका फिल्महरु सुपरहिट भए। लभ रञ्जनको निर्देशन रेहको सोनु की स्वटीु,अलिया भट्टको राज्जी, श्रदा कपुरको स्त्रीु,आयुषमान खुरानाको अन्धाधुनु र बधाई हो सपुरहिट भए।यसका अलावा रजनीकान्तको २.O ,टाइगर श्रावको बाग्गी-२, ,सञ्जय दत्तको बायोपिक सञ्जुु पनि सुपरहिट भए।

एजेन्सीको सहयोगमा