१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन ठगी गर्ने छ भारतीय पक्राउ



अ+ अ-

भोजपुर । भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रवीन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेको प्रमुख थेवेले जानकारी दिनुभयो ।पक्राउ परेका उनीहरुलाई बिहीबार भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ । रासस