१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीको सानदार जित, सरस्वतीको पोष्टमा गोलको बर्षा



अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबलाई पराजित गरेको छ ।

शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले सरस्वती क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको छैटौ मिनेटमा नै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । आर्मीका लागि खेलको ३०औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा दुई गोलले अघि रहेको आर्मीले खेलको दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । आर्मीका लागि खेलको ६१औं मिनेटमा भरतले अर्को गोल गर्दै खेल ३–० गोलको अग्रतामा पुर्‍याएका थिए । त्यस्तै, खेलको ८० औं मिनेटमा ओलुसोला इब्राहिमले आत्मघाती गोल गरेपछि आर्मीले ४–० गोलले जितेको हो ।

जितसँगै चौथो स्थानमा रहेको आर्मीले लिगमा ११ खेलबाट २१ अंक बनाएको छ । पराजित सरस्वती भने लिगको १०औं स्थानमा छ ।

बिहीबार संकटा क्लबलाई पराजित गरेसँगै दुई खेलअघि नै मनाङ मर्स्याङ्दी क्लबले लिगको उपाधि जितिसकेको छ ।