२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्रोहीले युद्धबिराम उल्लङ्घन गरेको म्यान्मार सेनाको दाबी



अ+ अ-

याङ्गुन । म्यान्मारमा सक्रिय जातीय सशस्त्र समूहहरुले युद्धबिराम उल्लङ्घन गरी सरकारी सेनामाथि आक्रमण गरेको सेनाले जनाएको छ ।

गत साता सेनाले चार महिनाका लागि सङ्कटग्रस्त उत्तरी र पूर्वी क्षेत्रमा सबै सैन्य कार्यबाही स्थगन गर्ने घोषणा गरेको थियो । पर्यवेक्षकहरुका अनुसार सेनाको उक्त कदम निकै आश्चर्यजनक मानिएको छ ।

दशकौंदेखि सशस्त्र जातीय समूहसँग भइरहेको हिंसात्मक झडप रोक्ने उपायस्वरुप सेनाले जातीय समूहसँग वार्ता र युद्धबिरामका उपाय अबलम्बन गरेको छ ।

तर म्यान्मार सेनाले बिहीबार शान राज्यमा सक्रिय पृथकतावादी शान स्टेट आर्मी ९एसएसए० ले आक्रमण गरेको जनाएको छ । “आक्रमणबाट केही सैनिकको हत्या भएको छ र घाइते केही सैनिकलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।”

प्रधानसेनापतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युद्धबिरामको पालना गर्न सेना अझै पनि तयार छ र एसएसएबाट हुने आक्रमणलाई सोही अनुरुप जवाफ दिनेछ ।”

उक्त घटनका बारेमा एसएसएको कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

सेनाले युद्धबिरामको घोषणा गरेपनि म्यान्मारको सीमावर्ती क्षेत्रहरुमा परस्पर विरोधी सशस्त्र समूहबीच हिंसात्मक झडपहरु जारी छन् ।

पूर्वोत्तरको सबैभन्दा ठूलो जातीय सशस्त्र समूह ताउङ नेसनल लिबरेसन आर्मीका प्रवक्ता ब्रिगेडियर जनरल टार फोन क्याले परिस्थिति निकै जटिल रहेको बताउनुभयो । म्यान्मारको सेनासँग भएको युद्धबिरामको सम्मान गर्ने बताउँदै उहाँले सेना बिरुद्ध आफ्नो समूहले कुनै कारबाही नगरेको स्पष्ट गर्नुभयो ।

म्यान्मारका सीमावर्ती क्षेत्रमा बेलायतबाट ७० वर्षअघि स्वतन्त्रता प्राप्त गरेदेखि नै द्वन्द्व जारी छ । यहाँ विभिन्न सशस्त्र समूहले स्वतन्त्रता, पहिचान, स्रोतसाधन र भूगोलका निम्ति सङ्घर्ष गरिरहेका छन् ।