७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समितिको निर्णय – बहालवाला र पूर्व मन्त्रीलाई कारबाही सिफारिश, सचिव राइको बचाउ



अ+ अ-


काठमाडौं । सोमबार बिहान बसेको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । उक्त समितिले दुई पूर्वसहित वहालवाला पर्यटनमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ । बिहान १० बजे बसेको बैठकले सो निर्णय गरेको हो । तर, गृहसचिव प्रेम राईले भने क्लिन चिट पाएका छन् । उनलाई लेखा समितिको बैठकले संलग्न नरहेको भनी कारबाही गर्नु नपर्ने निर्णय सुनाएको हो ।


समितिको सोमबारको बैठकमा उपससमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको थियो । संशोधनपछि पनि यो निर्णय आएको हो । उता समितिको बैठक बस्ने थाहा पाएर नै यता आज बिहानै बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीले भने आफूलाई पूर्वाग्रहका आधारमा यस्तो निर्णय लेखा समितिको उप समितिले गरेको बताएका थिए । उनले आफ्नो संलगनता नरहेको स्पष्ट गरेका छन् ।

जसमा ‘महालेखा परीक्षकको प्रतिवेदनको सम्परीक्षण र बेरुजु फस्र्याैट गर्ने विम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको प्रमुख दायित्व हुने र सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ विपरीत हुने गरी अनियमित तरिकाले विमान खरिद कारबाही अगाडिढ बढ्दा पनि विभागीय मन्त्रीको रुपमा बहाल रहेको अवस्थामा यथेष्ठ सतर्कता नअपनाएको देखिँदा’ वहालवाला र पूर्वमन्त्रीले नैतिक जिम्मेवारी मात्र लिनुपर्ने उल्लेख रहेको थियो ।

तर, उपसमितिका संयोजक र सदस्यहरुले संशोधित प्रतिवेदनमा आपत्ति जनाएका छन् । उपसमितिका सदस्य प्रदीप यादव, चन्दा चौधरी लगायतले मन्त्रीलाई कानून बमोजिम कारबाही गर्न सिफारिस नगरे फरक मत राख्ने अडान लिए ।


उता नेपाल सरकारले यस भ्रष्टाचार काण्डको छानबीनको लागि भन्दै अर्काे समिति गठन गरेको छ । तर पनि सो समितिलाई प्रतिपक्षी दल नेपाली काँग्रेस र लेखा समितिले नै अवैध भनेको छ ।
सार्वभौम संसदको लेखा समितिले गरेको सिफारिशका विरुद्धमा गरिने यस्तो कुनै पनि आयोग वा समिति वैध नहुने सांसदहरुको भनाई छ ।